मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट
  • मार्गरेखा संवाददाता

  • नेपाली यू–१९ टोली एसिया कपका लागि छनोट

    नेपाली यू– १९ टोली एसिया कपका लागि छनोट भएको छ । नेपालले आज सेमिफाइनलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै एसिया कपमा स्थान सुरक्षित गरेको हो ।

    यूएईको अजमान मैदानमा मलेसियाले दिएको ५२ रनको लक्ष्य नेपालले ७.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका वंश क्षेत्रीले अविजित २३ र निश्चल क्षेत्रीले अविजित १५ रन बनाए ।

    मलेसियाका मोहम्मद अक्रामले एक विकेट हात पारे ।

    यसअघि टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमा अलआउट भयो । उसका लागि हमजाह पङ्गीले १३, मुहम्मद फतुल मुइनले ११ रन जोडे पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।

    नेपालका लागि नितिस कुमार पटेलले ४, चन्दन रामले ३, कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अपराजित पौडेलले एक/एक विकेट लिए ।

    कुल १४ टोलीको सहभागिता रहेको यो प्रतियोगिताबाट शीर्ष तीन टोली आगामी एसीसी यू– १९ एसिया कपमा छनोट हुनेछन् । यू– १९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै हुँदै छ ।

  • १३ मंसिर २०८२, शनिबार १७:१८ प्रकाशित
  • Nabintech
    सम्बन्धित