मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

श्रीलंकामा भीषण बाढीपहिरो, १५९ जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • कोलम्बो (एजेन्सी) : श्रीलंकामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १५९ जनाको ज्यान गएको छ । २०० भन्दा बढी अझै बेपत्ता छन् । महानिर्देशक सम्पत कोटुवेगोदाअनुसार राहत कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ ।

    ४३ हजार ९ सय ९५ जनालाई घर क्षतिग्रस्त भएकाले राज्य सञ्चालित राहत केन्द्रमा सारिएको छ ।

    सोमबारबाट भारी वर्षा सुरु भएको थियो । बुधबार मुख्य क्षेत्रमा अझ तीव्र वर्षा भएपछि देशभर बाढीको अवस्था झन् गम्भीर बनेको छ । शुक्रबार साँझ केलानी नदीको तटबन्ध भाचिँदा धेरै मानिसलाई अस्थायी शिविरमा सार्नु परेको थियो । देशका अधिकांश भागमा वर्षा कम भए पनि उत्तरतर्फका केही क्षेत्रमा अझै पानी परिरहेको छ । भारतले पीडितहरूका लागि आवश्यक राहत सामग्री पठाइसकेको छ । आवश्यक परे थप सहयोगका लागि तयार रहेको भारतीय अधिकारीले जानकारी दिएका छन् ।

    सरकारले उद्धार र राहत कार्यलाई अझ सुदृढ बनाउन सैनिक बल परिचालन गरेको छ । जहाँ, हेलिकप्टर र डुंगा प्रयोग गरी फसेका बासिन्दाको उद्धार गरिएको छ ।

    केन्द्रका अधिकारीहरूले बताएअनुसार बाढीको स्तर सन् २०१६ भन्दा बढी हुने अनुमान गरिएको छ । त्यतिबेला ७१ जनाको मृत्यु भएको थियो । सन् २००० पछि श्रीलंकामा आएको सबैभन्दा ठूलो बाढी सन् २००३ को जूनमा भएको थियो । त्यतिबेला पनि २ सय ५४ जनाको मृत्यु भएको थियो ।

  • १४ मंसिर २०८२, आईतवार १०:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित