यसको लागि मंसिर २० गते भित्र क्रियाशील सदस्यताको फाराम पठाएर पुस ५ गतेभित्र सदस्यता टुंग्याइसक्ने निर्णय कांग्रेसको छ । तालिका अनुसार गाउँ/नगर/वडा अधिवेशन २०८२ पुस १६ गते, गाउँ/नगरपालिका अधिवेशनः २०८२ पुस १७ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन)ः २०८२ पुस २१ गते उल्लेख छ ।
एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः २०८२ पुस २२ गते गर्ने, प्रदेश अधिवेशन २०८२ पुस २४, २५ र २६ गतेसम्म गर्ने र केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौँमा गर्ने निर्णय कांग्रेसले गरेको हो ।
कार्यतालिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा पेश गरेका हुन् ।
यस्तो छ तालिका
१. केन्द्रबाट नयाँ क्रियाशील फारम वितरणः २०८२ मंसिर २० गते भित्र ।
२. प्रतिनिधि सभा क्षेत्रीय समिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यताको फारम पठाउने अवधिः २०८२ मंसिर २४ गते भित्र ।
३. एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला र दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य सम्पन्न गर्ने अवधिः २०८२ पुस ८ गते भित्र ।
४. बैठक र फारम बुझाउने कार्यतालिकाः
वडा कार्यसमितिको बैठक बस्ने, आह्वान गर्ने, फारम भराउने र संकलन भएको फारमलाई सूचीकरण गर्ने र सो पश्चात बैठक बसी निर्णय, फारम र सूची सहित पालिका कार्यसमितिलाई बुझाउनेः मंसिर २९ गते भित्र ।
पालिका कार्यसमितिको बैठक बसी निर्णय, फारम भरी सूची सहित प्रदेश सभा क्षेत्रीय कार्यसमितिलाई बुझाउने मितिः पुस २ गते भित्र ।
प्रदेश सभा क्षेत्रीय कार्यसमितिको बैठक बसी निर्णय, फारम र सूची सहित प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई (एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कार्यसमितिलाई) बुझाउनेः पुस ४ गते भित्र ।
प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको बैठक बसी निर्णय, फारम र सूची जिल्ला कार्यसमितिलाई बुझाउनेः पुस ८ गते भित्र (एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाहरूको हकमा) ।
५. केन्द्रमा सूची पठाउने अवधिः
(क) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधिः २०८२ पुस १० गते भित्र ।
(ख) दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधिः २०८२ पुस ११ गते भित्र ।
६. नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमाः
जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा परेका उजुरी उपर छानबिन गरी निर्णय गरेर निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनुपर्ने अवधिः २०८२ पुस १२ गते भित्र ।
७. क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिमा क्रियाशील सदस्यता नयाँ र नवीकरण सम्बन्धी परेको उजुरी उपर अन्तिम निर्णय गरी, क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापति/कार्यवाहक सभापतिलाई बुझाउने अवधिः २०८२ पुस १४ गते भित्र । (छानबिन समिति गठन भएको दिन देखि नै सो कार्य प्रारम्भ हुनेछ ।)
८. केन्द्रीय कार्यालयले केन्द्रीय सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधिः २०८२ पुस १४ गते भित्र ।
ख. नयाँ क्रियाशील सदस्यता वितरणको मापदण्ड सम्बन्धमाः
१. नेपाली कांग्रेसको क्रियाशील सदस्यता लिन चाहने, नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा १ र ३ बमोजिम योग्यता पुगेका व्यक्तिलाई सहज रूपमा सदस्यता प्रदान गर्ने । कुनै पनि योग्य व्यक्तिलाई सदस्यताबाट बञ्चित नगर्ने । (यो सबै डकुमेन्टहरू मैले पढिसकेपछि तपाईँहरूको ह्वाट्सएपमा, तपाईँहरूको मेलमा पठाइदिउँला/मिलाइदिउँला ।)
२. प्रतिनिधि सभाको क्षेत्रमा पार्टीको १४ औँ महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्यता संख्याको सामान्यतया सतप्रतिशत नयाँ क्रियाशील सदस्यता फारम प्रतिनिधि सभा क्षेत्रलाई केन्द्रले उपलब्ध गराउने ।
३. यसका अतिरिक्त वडाको जनसंख्या, मतदाता र क्रियाशील सदस्यताको अनुपातमा आवश्यकता अनुसार माग भए बमोजिम सदस्यता वितरण गर्न सक्ने गरी सदस्यता फारम उपलब्ध गराउने व्यवस्था गर्ने ।
४. वडाको जनसंख्या भित्र पनि महिला, आदिवासी, जनजाति, दलित, मधेसी, खसआर्य, थारु, मुस्लिमको जनसंख्यालाई मध्यनजर गरी सोही आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई ध्यान दिई क्रियाशील वितरणको व्यवस्था मिलाउने ।
५. नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवाहरूको व्यापक प्रतिनिधित्व हुने गरी प्राथमिकता दिई वितरण गर्नुपर्ने ।
६. समाजमा विभिन्न पेसागत, बुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिहरूलाई प्राथमिकता दिनुपर्ने ।
७. निर्वाचनका समयमा पार्टी र उम्मेदवारको पक्षमा मत जुटाउने अभियानमा संलग्न रहेका व्यक्तिहरू, पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तरक्रिया लगायत राजनीतिक, सामाजिक, सांस्कृतिक एवं विविध रचनात्मक कार्यक्रमहरूमा सक्रियतापूर्वक सहभागी भएका व्यक्ति र पार्टी वा भ्रातृ संघको माध्यमबाट विकास निर्माण अन्य सामाजिक कार्यक्रममा सक्रिय रहेका र प्रशिक्षण कार्यक्रममा सरीक भएका व्यक्तिहरूलाई क्रियाशील सदस्यता प्रदान गर्न आवश्यक प्रबन्ध गर्ने ।
८. राष्ट्रियता मान्ने तथा अन्य राजनीतिक दलबाट नेपाली कांग्रेसमा प्रवेश गरेका व्यक्तिलाई अनिवार्य रूपमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता उपलब्ध गराउने । (यो व्यवस्था, संगठित सदस्य हुन्छन् कोही, कोही विभिन्न तह कमिटीमा हुन्छन्, त्यसलाई प्रष्ट दिन पायो भने, यो पनि कहिलेकाहीँ अन्योल नहोस् भन्नका भनेर यो वितरण गर्दा त्यो समूह क्रियाशील पाउनबाट आकर्षित होस्, खुलोस् भनेर यो व्यवस्था गरिएको हो ।)
ग. नवीकरण सदस्यता सम्बन्धमाः
१. क्रियाशील सदस्यता नवीकरणको लागि केन्द्रीय कार्यसमितिको बैठकले २०८२ असोज मसान्तसम्म नवीकरणको अन्तिम समय सीमा तोकेकोमा, नवीकरण नभएका/छुटेका विवरण पठाउन बाँकी रहेका जिल्लाले जिल्ला कार्यसमिति बैठकको निर्णय, नवीकरणको सूचीको अन्तिम नामावली र रकम केन्द्रमा पठाउनुपर्ने अन्तिम अवधिः २०८२ मंसिर २५ गते भित्र ।
मृत्यु भएका, पार्टी परित्याग गरेका, पार्टीको केन्द्रीय अनुशासन समितिले कारबाही गरेर निष्कासन गरेका तथा “मेरो क्रियाशील नवीकरण नगरीदिनु“ भनि लिखित वा मौखिक आग्रह गरेकाहरूको हकमा बाहेकको नवीकरण गर्ने ।
२. २०८२ मंसिर २५ गते भित्र नवीकरणको सूची जिल्लाले केन्द्रमा पठाइसकेपछि, कुनै पनि सदस्यले नवीकरण गराउन आउँछन् भने त्यस्तो सदस्यको नवीकरण गरी छुट भएकाहरूको मात्र छुट्टै नामावली, निर्णय र रकम जिल्लाले केन्द्रमा पठाउने अवधिः २०८२ पुस ८ गते भित्र ।
घ. नेपाली जनसम्पर्क समितिको अधिवेशन सम्बन्धमाः
१. नेपाली जनसम्पर्क समितिको क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको सम्पूर्ण कार्य गर्ने अवधिः २०८२ मंसिर मसान्त भित्र ।
२. क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधिः २०८२ पुस ३ गते भित्र ।
३. केन्द्रबाट उक्त नामावली स्वीकृत गर्ने अवधिः २०८२ पुस ५ गते भित्र ।
४. अधिवेशनः २०८२ पुस १५ गते भित्र ।
केन्द्रीय महाधिवेशन र मातहतका निकायको अधिवेशनको कार्यतालिकाः
क) गाउँ/नगर/वडा अधिवेशनः २०८२ पुस १६ गते ।
ख) गाउँ/नगरपालिका अधिवेशनः २०८२ पुस १७ गते ।
ग) प्रदेश सभा क्षेत्रीय अधिवेशनः पुस १९ गते ।
घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन (एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन)ः २०८२ पुस २१ गते ।
ङ) एक भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनः २०८२ पुस २२ गते ।
च) प्रदेश अधिवेशनः २०८२ पुस २४, २५ र २६ गते ।
छ) केन्द्रीय महाधिवेशनः २०८२ पुस २६, २७ र २८ गते काठमाडौँमा ।
२. समितिहरू गठनः
सदस्यता व्यवस्थापन केन्द्रीय समिति, क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति र केन्द्रीय निर्वाचन समितिले देहायका भूमिकाहरू गर्नेछन्ः
सदस्यता व्यवस्थापन केन्द्रीय समितिले तोकिएको समय भित्र नवीकरण र नयाँ क्रियाशील सदस्यता सूची र प्रतिवेदन केन्द्रीय कार्यालय मार्फत क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिलाई उपलब्ध गराउनु पर्नेछ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय प्रक्रिया सहमतिको आधारमा हुनेछ ।
(२.२) क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिले सदस्यता व्यवस्थापन केन्द्रीय समितिबाट सहमति भई आएको क्रियाशील सदस्यताको नयाँ र नवीकरणको सूची र प्रतिवेदन अध्ययन गरी, क्रियाशील सदस्यता सम्बन्धी आएका उजुरी उपर छानबिन गरी, तोकिएको समय भित्र क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी सदस्यता व्यवस्थापन समिति/केन्द्रीय समितिलाई बुझाउने छ । र तत्कालै सदस्यता व्यवस्थापन केन्द्रीय समितिले पार्टी केन्द्रीय सभापति/कार्यवाहक सभापतिलाई बुझाउनु पर्नेछ । समितिको निर्णय प्रक्रिया सहमतिको आधारमा हुनेछ ।
क्रियाशील सदस्यता छानबिन समिति गठन भएको दिन देखि नै यसले आफ्नो कार्य प्रारम्भ गर्नेछ ।
(२.३) केन्द्रीय सभापति/कार्यवाहक सभापतिले क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिबाट सहमति भई प्राप्त भएका नयाँ र नवीकरण सदस्यताको सूची केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराउनु पर्नेछ ।
(२.४) केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको नयाँ र नवीकरण सदस्यताको सूची केन्द्रीय कार्यालयले पार्टीको केन्द्रीय निर्वाचन समितिलाई बुझाउनु पर्नेछ ।
(२.५) केन्द्रीय निर्वाचन समितिले केन्द्रीय कार्यसमितिबाट अनुमोदन भई केन्द्रीय कार्यालयबाट प्राप्त भएका र नयाँ नवीकरणको सूचीको आधारमा महाधिवेशनको कार्यतालिका बमोजिम पार्टीको तल्लो निकायहरू– प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र, तह र पालिका र वडा कार्यसमितिमा पठाई सबै तहका अधिवेशन र केन्द्रीय अधिवेशन सम्पन्न गर्नुपर्नेछ ।
१५ औँ महाधिवेशनसँग सम्बन्धित कार्यको सिलसिलामा आवश्यकता अनुसार केन्द्रीय प्रतिनिधि पार्टी सभापति/कार्यवाहक सभापतिले खटाउन सक्नेछन् ।
५. १५ औँ महाधिवेशनका लागि आवश्यक पर्ने देहायका समितिहरू गठन गर्नेः
विधान संशोधन मस्यौदा समिति,
क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति,
र, केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिने भन्ने छ (यसमा हामीले केन्द्रीय एउटा संयोजक र चार जना सदस्य सहित एक जना संयोजक र दुई जना सदस्यले काम गरिरहनु भएको छ, तर पनि हाम्रो १५ औँ महाधिवेशनको लागि, ५ सदस्य निर्वाचन समितिको लागि पूर्णता दिएर गठन गर्नुपर्नेछ) ।
उपरोक्त समितिहरू गठन गर्ने कार्य आवश्यक परामर्श गरी सभापति/कार्यवाहक सभापतिले गर्ने ।
६. पार्टीको म्याद थप सम्बन्धमाः
नेपाली कांग्रेसको १४ औँ महाधिवेशन २०७८ मंसिर २४ देखि २८ सम्म काठमाडौँमा सम्पन्न भएको र पार्टीको विधान अनुसार पार्टीको सबै तहका पदाधिकारी र सदस्यहरूको अवधि २०८२ मंसिर २३ गतेसम्म कायम रहेको छ । गत भाद्र २३ र २४ गतेको बीपी उहाँको प्रश्नका कारण पार्टीका संरचनाहरू व्यस्त भएको र देशमा विकसित तरल राजनीतिक घटनाक्रमका कारण २०८२ मंसिर २३ गते भित्र पार्टीको १५ औँ महाधिवेशन गर्न सम्भव नभएको र महाधिवेशन तयारीका क्रममा गर्नुपर्ने सम्पूर्ण कार्यहरू गर्न समेत थप समय आवश्यक भएकोले, यस अवस्थालाई असाधारण स्थिति ठहर गरी नेपाली कांग्रेसको विधानको धारा ४३ बमोजिम पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि २०८२ मंसिर २४ गते देखि लागु हुने गरी २०८२ माघ मसान्त सम्मको लागि थप गर्ने निर्णय गर्दछ । यो निर्णय निर्वाचन आयोगलाई जानकारी गराइनेछ ।
७. राष्ट्रिय सभा/प्रतिनिधि सभा, प्रत्यक्ष र समानुपातिक निर्वाचन सम्बन्धमाः
संवत २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन तर्फको उम्मेदवारीका लागि विधानको धारा ३२ को उपधारा ९ (क) बमोजिम तथा प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक सदस्यहरूको निर्वाचन तर्फको विधानको धारा ३२ को उपधारा ८ (क) बमोजिमको प्रक्रिया पुर्याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई केन्द्रीय कार्यालय मार्फत स्पष्ट निर्देशन सहित परिपत्र गर्ने । (यो हाम्रो विगतको जुन परम्परा छ, यो अनुसारले तिनै तहको हामीले टिकटको नाम मंसिर मसान्त भित्र केन्द्रमा आइपुग्ने गरी आजै सर्कुलर सबै ठाउँमा जान्छ । अनि मंसिर मसान्तमा नाम आइसकेपछि हामी यसपटक प्रत्यक्षको, समानुपातिकको, राष्ट्रिय सभाको टिकट वितरण एकैचोटी, एकै ठाउँमा राखेर गर्ने सरसल्लाह गरेका छौँ । जसले गर्दा न्याय पनि हुन सक्ने, सबै समुदायको प्रतिनिधित्व हुन सक्ने र त्यो निर्णयलाई अझ बढी विश्वसनीय बनाउन सकिन्छ र एउटा प्रभावकारी परिणाम पनि प्रत्यक्ष निर्वाचनमा…