नेपालगन्ज मंसिर २३ । नेपाली कांग्रेसका सहमहामन्त्री किशाेर सिह राठाैर सहित करिव १ दर्जन नेताहरूकाे नाम सिफारिस भएको छ।
फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँगेस बाँके निर्वाचन क्षेत्र ३ क्षेत्रिय कार्य समितीकाे बैठक सहमहामन्त्री राठाैर सहित ८ जनाकाे नाम सिफारिस भएको क्षेत्रीय सचिव ज्ञान बहादुर वलीले जानकारी दिए।
‘आज क्षेत्रीय कार्य समितिको बैठकले १ नम्बरमा सहमहामन्त्री किशाेर सिह राठौर, २ नम्बरमा आशा बिक,३ नम्बरमा मघेराज वली, ४ नम्बरमा महेन्द्र मल्ल ठकुरी, ५ नम्बरमा टेक बहादुर खड्का , ६ नम्बरमा लक्ष्मी नारायण शाह, ७ नम्बरमा देब बहादुर खत्री र ८ नम्बरमा कृण्ण बिक रसाइली काे नाम सिफारिस गरेको हो,’ सचिव वलीले बताए । यसै गरि समानुपातिक तर्फ दुखिराम लाेहनी, सकिल खाँ, झुप काली मगर,उमा कुमारी थापा, भवानी चाैधरी थारू,अमृता नेपाल, रमेश सिजाली, कमला हमाल, पुष्पा सुनार, गगन बिक,कपिल देव शर्मा,दयाराम यादब,भिम बहादुर बिक सिफारिस भएकाे सचिव वलीले जनाएका छन ।
यसैगरि राष्ट्रिय सभा सदस्यका लागि जगदम्बा पाठक, हरिभक्त उप्रेती ,केश बहादर शाह,हरि प्रसाद ढुगाना,र शेर बहादुर गुरूङलाई सिफारिस भएका छन ।
सहमहामन्त्री किशाेर सिह राठौरले २०७९ मा यस क्षेत्रबाट निर्वाचित भएका थिए।










