सुर्खेत मंसिर २३ । प्रतिनिधिसभाको उम्मेदवारका लागि सुर्खेत क्षेत्र–२ बाट कांग्रेस नेता हृदयराम थानी सहित ६ जनाको नाम प्रत्यक्षमा सिफारिस गरिएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका लागि क्षेत्रीय कार्यसमिति बैठकले थानी सहित ६ जनाको नाम सिफारिस गरेको हो । थानी गत निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
सुर्खेत २ बाट प्रत्यक्ष तर्फ नारायण कोइराला, उपेन्द्र थापा, कलम खत्री, भिस्म हमाल र बसन्ती बस्नेत जिसीको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।
त्यस्तै समानुपातिकतर्फ पनि पाँच जनाको नाम सिफारिस गरिएको छ । समानुपातिक तर्फ गंगा नेपाली बस्याल, पार्वती गिरी, धना बिष्ट, भिम शाही नेपाली र भगे कामीको नाम सिफारिस गरेकाे छ ।










