मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा
  • मार्गरेखा संवाददाता

  • विराटनगर किङ्सको चुनौती समाप्त पार्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को फाइनलमा प्रवेश गरेको छ।

    बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न दोस्रो क्वालिफायर खेलमा विराटनगरलाई ४० रनले पराजित गर्दै लुम्बिनीले उपाधि यात्रा तय गरेको हो।

    जितका लागि १३५ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्स लुम्बिनीको कसिलो बलिङसामु निरिह सावित भयो। विराटनगर १७.५ ओभरमा अलआउट भयो।

  • २५ मंसिर २०८२, बिहीबार १९:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित