मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

टुंगिए ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
  • मार्गरेखा संवाददाता

  • नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ ।

    पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९ जना पदाधिकारीको टुंगो लगाएको छ ।

    अध्यक्षमा केपी ओली उपाध्यक्षमा उपाध्यक्षमा बिष्णु पौडेल, रामबहादुर थापा, गुरु बराल, पृथ्वीसुब्बा गुरुङ र प्रदीप ज्ञवालीको नाम टुंगो लागेको हो ।

    महासचिवः शंकर पोखरेलको टुंगो लागेको छ ।

    उप महासचिवमा रघुवीर महासेठ, भानुभक्त ढकाल र बिष्णु रिमालको नाम टुंगिएको हो ।

    ९ सचिवका उम्मेदवारमा लेखराज भट्ट, पद्मा अर्याल, छबिलाल बिश्वकर्मा, खगराज अधिकारी

    यामलाल कडेल,  शेरधन राई, हिक्मत कार्की, महेश बस्नेत र राजन भट्टराईको नाम टुंगो लागेको छ ।

    संस्थापनविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा प्रतिस्पर्धा गर्दै छन् ।

    यो टिमबाट उपाध्यक्षमा गोकर्ण बिष्ट, परशुमेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालको नाम टुङ्गिएको छ भने एक पद बाँकी छ । त्यस्तै, महासचिवमा सुरेन्द्र पाण्डेको नाम टुङ्ग्याइएको छ ।

    बुटवलमा भएको नवौँ महाधिवेशनमा ईश्वर पोखरेलसँग १५ मतले महासचिवमा हारेका पाण्डे १० वर्षपछि उनकै टिमबाट महासचिवमा उमेदवार बनेका हुन् ।

    उपमहासचिवमा योगेश भट्टराईको नाम तय भएको छ भने दुई उपमहासचिवको टुंगो लाग्न बाँकी छ ।

    सचिवमा भने कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, गोकुल बाँस्कोटा, विनोद ढकाल, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र रचना खड्काको नाम फाइनल गरिएको

     

  • २९ मंसिर २०८२, सोमबार ११:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित