मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानमा रहेको व्यक्तिलाई निर्वाचनमा उम्मेदवार हुन रोक्ने प्रस्ताव
  • मार्गरेखा संवाददाता

  • काठमाडौं पुस ४  । निर्वाचन आयोगले भ्रष्टाचारजन्य कसुरमा अनुसन्धानमा रहेको व्यक्तिलाई निर्वाचनमा उम्मेदवार हुन नपाउने प्रावधान राख्ने प्रस्ताव गरेको छ ।

    २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आयोगले स्वघोषणाको ढाँचा तयार पारेको छ । जसमा स्वघोषणामा के कस्ता विषय रहेने भनेर प्रस्ताव गरिएको छ ।

    प्रस्तावित स्वघोषणामा भनिएको छ, ‘कुनै भ्रष्टाचार जन्य कसुरमा अनुसन्धानमा नरहेको तथा सो कसुरमा मुद्दा दायर नभएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन नरहेको ।’ उम्मेदवारले गर्ने स्वघोषणामा यस्तो प्रावधान राख्न प्रस्ताव गरिएको हो ।

    यसबाहेक उम्मेदवारले विगतमा झैं नेपालको संविधान प्रति पूर्ण निष्ठावान रहेको, कुनै संघीय कानुनले अयोग्य नभएको, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल नरहेको लगायतको स्वघोषणा गर्नुपर्ने हुन्छ ।

    सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरी कुनै लाभको पद धारण नगरेको, अन्य कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको लागि मनोनयनपत्र दर्ता नगरेको, कुनै पनि सरकारी निकायलाई कुनै जिन्सी वा नगदी बुझाउन बाँकी नरहेको, सरकारी पेश्की, बेरुजु तिर्न बुझाउन बाँकी नरहेको लगायतका विषयमा समेत स्वघोषणा गर्नुपर्ने हुन्छ ।

  • ४ पुष २०८२, शुक्रबार १८:३५ प्रकाशित
  • Nabintech
    सम्बन्धित