मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेस बाँकेकाे ‘सुशील कोइराला स्मृति भवन’ उद्घाटन नेपाली काँग्रेसका कार्यबाहक अध्यक्ष पुर्ण बहादुर खड्काले गर्ने
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पुस ६। नेपाली कांग्रेस बाँकेले निर्माण गरेको नव भवन सुशील  कोइराला स्मृति भवनको  उद्घाटन गर्ने भएको छ ।

    भवन नेपाली काँग्रेसका  कार्यबाहक सभापति पूर्ण बहादुर खड्काले उदघाटन गर्ने नेपाली काँग्रेस  बाँकेका सभापति नारायण प्रसाद गौडेलले  आज जारी गरेको   विज्ञप्तीमा उल्लेख गरेको छ । भवन उदघाट कार्यक्रममा नेपाली काँग्रेसका महामन्त्री   कुमार गगन कुमार थापाको बिशिस्ट अथितिका रूपमा सभागिता रहने जनाएको छ ।
    नेपालगञ्जस्थित नवभवनको उद्घाटन कार्यक्रम मंगलबार दिउँसो ११ बजे हुनेछन् ।

    लोकतान्त्रिक आन्दोलनका पिता तथा पार्टी पुर्व सभापति स्व सन्त नेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका   अवसरमा कार्यक्रम गर्नका लागेका हो ।
    विज्ञप्तिमा उल्लेख भए अनुसार नेपाली कांग्रेसका नेता, कार्यकर्ता, स्थानीय, उद्योग, व्यवसायी तथा विभिन्न संघ–संस्थाको आर्थिक तथा  भौतिक सहयोगमा भवन निर्माणका भएको बिज्ञप्ती उल्लेख गरेको छ ।  भवन निर्माणमा    सहयोग गर्ने  सबैलाई नेपाली कांग्रेस बाँको तर्फबाट आभार प्रकट गरिएको छ ।

    नेपाली काँग्रेस बाँके जिल्ला कार्यसमिति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिक कार्यक्रममा उपस्थित भाइ दिन बिज्ञप्तीमा उल्लेख छ ।
    स्व कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा महत्वपूर्ण योग्दान दिने व्यक्ति समाजिक संघ संस्था तथा पत्रकारहरूलाई  सम्मान गर्ने  नेपाली बाँके सभापति नारायण प्रसाद गौडेलले जारी गरेको  बिज्ञप्तीमा उल्लेख छ

  • ६ पुष २०८२, आईतवार २०:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित