नेपालगन्ज पुस ८। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव पुर्व सिचाइ मन्त्री दिपक गिरीले नेपाली कांग्रेस पूर्व पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री सन्त नेता स्व कृष्ण प्रसाद भट्टराईकाे १०२ ओै जन्मजयन्तीलाई साक्षी राखेर नेपाली काँग्रेस काे महाधिवेशनमा उपसभापति उम्मेदवारी घाेषण गरेका छन ।
सो उम्मेदवारी नेपाली काँग्रेसका पुर्व सभापति सन्त नेता स्व कृष्णप्रसाद भट्टराईको १०२ ओै जन्मजयन्ती उपलक्ष्य नेपाली काँग्रेस बाँके द्वारा निर्माण गरिएकाे नव निर्माण भवन सुशील काेईराला स्मृति भवनकाे उद्घाटन कार्यक्रममा आज नेपालगन्जमा उम्मेदवारी घाेषण गरेका हुन
केन्द्रीय सदस्य दिपक गिरीले जेन जिले उठाएका मागलाई सम्बोधन गर्नका लागि सांसद पुर्नस्थापन हुनु पर्ने बताए । केन्द्रीय सदस्य दिपक गिरीले नेपाली काँग्रेस लाई नेपाली जनताको पार्टी बनाउनका लागि नेपाली काँग्रेस महाधिवेशनमा स्थानीय तहबाटै सर्वसम्मति नेतृत्व चयन गर्नु पर्ने बताए ।










