मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

निर्वाचनमा जान दलहरू तयार रहे पनि वातावरण नबनेकाे सभापति देउवा
  • मार्गरेखा संवाददाता

  •  काठमाडौ पुस १२ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा जान दलहरू तयार रहे पनि वातावरण नबनेको बताएका छन् ।

    प्रधानमन्त्री सुशीला कार्कीको आव्हानमा शनिबार बालुवाटारमा भएको छलफलपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सभापति देउवाले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने बताएका हुन् ।

    ‘कांग्रेसलगायत सबै पार्टीहरू चुनावमा जान तयार छन्, तर वातावरण बनिसकेको छै, वातावरण बनाउनुपर्‍यो, सुरक्षाको व्यवस्था हुनुपर्‍यो,’ उनले भने ।

    एमाले पनि चुनावमा जान तयार हो भन्ने सञ्चारकर्मीको प्रश्नमा सभापति देउवाले एमाले पनि तयार रहेको प्रतिक्रिया दिए ।

    नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि छलफलका क्रममा निर्वाचनमा सहभागी हुने प्रतिबद्धता जनाएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    छलफलमा प्रधानमन्त्री कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी थिइन् ।

    सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने तयारी गरिरहेको छ
  • १२ पुष २०८२, शनिबार १९:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित