काठमाडौं पुस १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न आमनिर्वाचनभन्दा अगाडि महाधिवेशन गर्न नहुनेमा जोड दिएका छन् । महाधिवेशन पहिला गरिए पार्टीमा हुने प्रतिस्पर्धाको असर निर्वाचनमा पर्न सक्ने भन्दै उनले चिन्ता व्यक्त गरेका हुन् ।
आफूले यस्तो सुझाव पार्टीका नेताहरूलाई दिएको उनले उल्लेख गरे । निर्वाचनभन्दा अगाडि नै महाधिवशेन गर्ने भए पनि आफू बाधक नबन्ने उनले स्पष्ट पारे ।
मंगलबार (पुस १५) महाराजगन्जस्थित निवासमा केही पत्रकारसँग भेटघाट गरेका देउवाले आफू १५औँ महाधिवेशनको प्रतिस्पर्धी नभएकाले तटस्थ रहने बताए ।
निर्वाचनको अगाडि महाधिवेशन गर्दा पार्टीभित्र प्रतिस्पर्धाको असर पर्छ भनेर मैले भन्दै आएको छु,” देउवाले भने, “गर्ने हो भनेर लाग्नुहुन्छ भने मैले रोक्ने कुरा हुँदैन ।”
१५औँ महाधिवेशनमा विधानतः आफू सभापतिको उमेदवार बन्न नमिल्ने उनले बताए । सभापतिका निम्ति अब आफ्नो इच्छा पनि नभएकाले अरूलाई प्रोत्साहन गर्ने उनले सुनाए ।
विशेष महाधिवेशन भने नहुने उनको भनाइ छ । “विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हो, कसरी गर्ने भनेर अर्को झगडा हुन्छ,” देउवाले भने, “त्यसकारण विशेष महाधिवेशन हुँदै हुँदैन । नियमित गर्ने हो भने मिलेर गर्दा हुन्छ










