नेपालगन्ज पुस १५ । प्रतिनिधिसभा समानुपातिक उम्मेदवार बन्द सूचीमा बाँकेबाट दुई जना उम्मेदवारी पाउन सफल भएका छन ।
नेपाली काँग्रेस बाँके क्षेत्र न ३ ले सिफारिस गरेका दुखिराम लाेहनी र क्षेत्र १ ले सिफारिस गरेका दिप नारायण बर्मा रहेका छन ।
लुम्बिनी प्रदेशका १२ जिल्लाबाट ११ जिल्ला १७ जना प्रतिनिधित्व हुने गरि प्रतिनिधि सभा समानुपातिक उम्मेदवार बन्द सूचीमा नेपाली काँग्रेसले राखेकाे छ । पुर्व रूकुममा उम्मेदवार राखिएको छैन ।
बन्द सुचिमा गुल्मीबाट झक बहादुर पुन,राेल्पाबाट पुष्पा श्रेष्ठ, नवलपरासीबाट सुनिता कुमारी सुवेदी श्रेष्ठ, संगिता घिमिरे रूपन्देहीबाट गगा शाही,रिता सिह ओली, सन्त प्रसाद चाैधरी, पाल्पाबाट कृष्ण प्रसाद अधिकारी, कपिलवस्तुबाट बिमला गैरे, अकित मिया,अर्घाखाचीबाट ललिता सुनार, दाङबाट मधु प्रसाद न्याैपाने,देबिका नेपाली,बर्दियाबाट मिश्रीलाल यादब र प्रतिभा चाैधरी बन्द सुचिमा रहेका छन ।










