नेपालगन्ज साईकिलिङ क्लबले १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस मनायाे
मार्गरेखा संवाददाता
नेपालगन्ज १७ पुसः नेपालगन्ज साईकिलिङ क्लबले १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस नेपालगन्जमा प्रभात फेरीकाे आयाेजना गरि आज नेपालगन्जमा मनाएकाे छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत ५ वर्षदेखि नेपालगन्ज साईकिलिङ कल्ब याे दिवस मनाउदै आएकाे छ । प्रभात फेरीमा नेपालगन्ज साईकिलिङ क्लबका अध्यक्ष कबिराम बुढाथाेकी, बाँके जिल्ला साईकिलिङ संघका अध्यक्ष गगन थापा, नेपालगन्जका साईकिलिष्टहरूकाे सहभागी रहेकाे थियाे
नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । १३ वर्षदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो, यसले राष्ट्रिय पोसाकको पुनर्जागरणमा टेवा पुगेको बताइन्छ । विगतमा राष्ट्रिय पोसाकका रूपमा मनाइने प्रचलनलाई औपचारिक रुपमा हटाइएपछि युवाहरू स्वस्फूर्त रूपमा यो अभियान सुरु गरेका हुन् । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । —