मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समातिए
  • मार्गरेखा संवाददाता

  •  काठमाडौ माघ ११ ।  लागुऔषध खैरो हेरोइनसहित नागढुंगाबाट एक युवक समातिएका छन् ।

    आइनागढुंगा चेकपोइन्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.००१ –००६ ख ७३३५ नम्बरको यात्रुवाहक बस चेकजाँच गर्ने क्रममा ७ ग्राम खैरो हेरोइन फेला परेको हो।

    प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुंगासहितको संयुक्त टोलीले बसमा सवार सुनसरी इटहरी नगरपालिका ३ का ३६ वर्षीय निरोज न्यौपानेलाई पक्राउ गरेको हो ।

    उनलाई शंका लागी चेकजाँच गर्दा ज्याकेटको खल्तीभित्र कालो प्लास्टिकले बेरी लुकाई राखेको अवस्थामा ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

  • ११ माघ २०८२, आईतवार १२:४० प्रकाशित
  • Nabintech
    सम्बन्धित