मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे नरैनापुर बाट नेकपा( एमाले) चुनाबी सभा सुरू
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ १४ ।   फगुन २१ गतेको हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले बुधबार बाँकेकाे नरैनापुरमा चुनावी सभा आयोजना गरी प्रचार अभियानको सुरुवात गरेको छ ।

    एमालेको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट सूर्य ढकाल, क्षेत्र नम्बर २ बाट मोहम्मद ईश्तियाक राई तथा क्षेत्र नम्बर ३ बाट सुमन मल्ल चुनावी प्रतिस्पर्धामा रहेका छन् । उम्मेदवारसहित आयोजित सभामा सहभागी नेताहरूले समग्र बाँकेमा एमालेको नेतृत्वमा भएको विकास, सुशासनका बारेमा स्मरण गर्दै र नरैनापुरका जनताको जीवनस्तर उकास्ने गरी विकासको प्रतिबद्धता व्यक्त गरे ।

    सभालाई सम्बोधन गर्दै क्षेत्रनै २ का उम्मेरवार राईले नरैनापुरमा बाटो पुराउन देखि नेपालगञ्जसम्म जोडदाको काम हेरेर आफ्नो मत जाहेर गर्न आग्रह गरे ।

     

    यसैगरी क्षेत्रनै २ का उम्मेदवार ढकाल र क्षेत्र नं ३ का उम्मेदवार मल्लले आफुलाई विजयी बनाउन आग्रह गरेका थिए ।

    सभालाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार मोहम्मद हारुन हल्वाईले एमालेले मात्रै देशलाई स्थायित्व र विकासको दिशामा लैजान सक्ने दाबी गरे ।

    केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य बसन्ती अधिकारीले बाँकेका जनताको समस्यालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम अघि बढाइने बताउदै आफ्ना उम्मेदवार लाई जिताउन आग्रह गरिन् ।

    स्थानीय कार्यकर्ता र समर्थकहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न सभाले नरैनापुर क्षेत्रमा एमालेको चुनावी अभियानलाई थप ऊर्जा दिएको थियो ।

     

    बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर १ अन्तर्गत पर्ने नरैनापुरमा आयोजित सभामा केन्द्रीय सदस्य शान्ति ढकाल, अमर ख्डका, जिल्ला अध्यक्ष निरक गुरुङ्ग, एमालेका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूको उल्लेखनीय उपस्थिती रहेको थियो ।

  • १४ माघ २०८२, बुधबार १९:५३ प्रकाशित
  • Nabintech
    सम्बन्धित