मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै १५ महाअधिवेशन भइसक्छः सभापति थापा
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ माघ १७ ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्थानीय र प्रदेश सभा सदस्यको निर्वाचनभन्दा पहिला नै कांग्रेसको नियमित महाधिवेशन भइसक्ने बताएका छन्।

    शनिबार काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ पार्टी कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा उनले यस्तो बताए। उनले नेपाली कांग्रेसको नयाँ अधिवेशनले पार्टीमा निर्वाचनको टिकट तल्लो तहबाट बाँड्ने कामको थालनी हुने जिकिर गरे।

    उनले प्रदेशको टिकटका लागि अब कसैले पनि पार्टी सभापति, महामन्त्रीको घर धाउनु नपर्ने बताए। पार्टीमा कुनै गुट नरहेको दाबी गर्दै विगतको जस्तो ६०/४० को भागबण्डा अब सकिएको बताए।

    कांग्रेसले पार्टीभित्र पनि भागबण्डा नगर्ने र बाहिर पनि नगर्ने घोषणा गरे। सबैलाई समान व्यवहार गर्नेगरीकन पार्टी चल्ने बताए।

  • १७ माघ २०८२, शनिबार १३:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित