मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे बैजनाथ गाउँपालिकामा एमाले काे चुनाब प्रचार कार्यालय स्थापना
  • मार्गरेखा संवाददाता

  • बैजनाथ बाँके माघ १८ ।  बैजनाथ गाउँपालिकाको सम्झना बजारमा एमाले क्षेत्र नं. ३ को  चुनाब प्रचार प्रचार कार्यालय स्थापना भएको छ ।  कार्यालयको एमाले बाँकेका उपाध्यक्ष समेत रहेका निर्वाचन परिचालन इन्चार्ज रत्न खत्री र क्षेत्र नं. ३ का एमाले उम्मेदवार सुमन मल्लले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
    उद्घाटन शत्रलाई सम्बोधन गर्दै खत्रीले अहिलेको निर्वाचन महत्वपूर्ण भएकोले कसैको बहकाउमा नलाग्न अपिल गरे । उनले एमालेको बहुमत नआए देश जर्जर अवस्थामा फस्ने बताउँदै सिंहदरवार, सर्वोच्च अदालत लगायत देशका महत्वपूर्ण संरचना जलाउनेहरुले देशलाई बर्बाद पार्ने बताए । ‘यो निर्वाचन देश बनाउने र जलाउने वीचको युद्ध हो । देश जलाएर आगो ताप्नेहरुको हातमा देश गए हामी सवै बर्बाद हुने छौँ,’ उनले भने ।
    उनले बाँके क्षेत्र नं. ३ का मतदाताले पर्यटक उम्मेदवारलाई चिन्न र सोही अनुसार अगाडीबढ्न आग्रह गरे । ‘यसअघिको निर्वाचनमा बाहिरको उम्मेदवारलाई जिताको फल अहिलेसम्म भोग्दै छौँ । फेरि पनि पर्यटक उम्मेदवारलाई जितायौँ भने पाँच वर्ष दुख पाउने छौँ,’ उनले भने, ‘यहि माटो, ढुंगामा खेलेको उम्मेदवार सुमन मल्ललाई दियाँै भने कहिलै पछुताउनु पर्ने छैन ।’
    सो अवसरमा एमाले उम्मेदवार मल्लले मतदाताको मतको कदर गरि शिर झुक्न नदिने बताए । उनले भ्रष्टाचार नगर्ने र गर्न नदिने प्रतिवद्धता जनाउँदै विकासका एजेण्डासँगै मतदाताकामाग अनुसार नीति निर्माणमा लाग्ने बताए ।
    एमाले उम्मेदवार मल्लले आइतवार नै बैजनाथ गाउँपालिका २ पहाडीपुर, मकैबारी, पितमारी लगायत गाउँमा पुगेर मतदातासँग सम्बाद गरे । उनले मतदाताको भावनाको सदैव कदर गर्ने बताउँदै विपक्षिले फैलाएको हल्लामा नलाग्ने अपिल गरे । बैजनाथ गाउँपालिकाका विभिन्न पार्टी परित्याग गरि १४ जना एमालेमा प्रवेश गरेका छन् । नव प्रवेशीलाई एमाले बाँके उपाध्यक्ष खत्री, एमाले उम्मेदवार मल्ल, एमाले लुम्विनी प्रदेश सदस्यद्वय नन्दकुमार विक, मानबहादुर रुचाल लगायतले स्वागत गरेका थिए ।

  • १८ माघ २०८२, आईतवार २२:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित