मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

त्रिभुवन अन्तर्राष्ट्रिय विमालस्थल भन्सार कार्यालयका ३ कर्मचारी घुससहित पक्राउ
  • मार्गरेखा संवाददाता

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयस्थित वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत तीन कर्मचारी घुससहित पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा हुलाक भन्सार शाखा भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनी र हुलाक भन्सार पार्सल (निकासी) शाखामा कार्यरत नासु छवि प्रसाद रिजाल छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गोश्वारा हुलाक कार्यालय डिल्लीबजारबाट आइतबार पक्राउ गरेको हो ।

    पुडासैनीबाट घुस लिएको १० हजार, १ लाख ३६ हजार ४२० जरी जम्मा १ लाख ४६ हजार ४२० बरामद भएको छ ।

    त्यस्तै रिजालको साथबाट घुस लिएको २० हजार र स्रोत नखुलेको रकम गरी २ लाख ६८ हजार २८८ रुपैयाँ भएको छ ।उनीहरुले कुरियर कम्पनीमार्फत विदेश पठाउने सामान घुस माग्ने गरेको सूचना आएपछि अख्तियारले छापा मारेर पक्राउ गरेको हो ।

  • १९ माघ २०८२, सोमबार १२:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित