मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लोसपाका बाँके जिल्ला स्तरीय नेता नेपाली कांग्रेसमा प्रवेश
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, माघ १९ गते । लोसपाका बाँके जिल्ला स्तरीय नेता नेपाली कांग्रेसमा प्रवेश गर्नु भएको छ । लोसपा बाँके जिल्ला सदस्य लदिप खाँ कांग्रेसमा प्रवेश गर्नु भएको हो । उहाँ जानकी गाउँपालिका बासिन्दा हुनुहुन्छ ।

    खाँलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् आसन्न प्रतिनिधि सभा निर्वाचनमा बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिनु भएका अमर सिंह पुनले पार्टी प्रवेश गराउनु भएको हो ।

    नेपाली कांग्रेसका उम्मेदवार अमर सिंह पुनको जानकी गाउँपालिका प्रचार प्रसार कार्यालय कार्यालयको उद्घाटनको क्रममा खाँले लोसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेको घोषणा गर्नु भएको हो ।

    उहाँलाई नेपाली कांग्रेस नेता   एवम् लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मी, नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर ३ सभापति नक्की खाँ, जानकी गाउँपालिका अध्यक्ष एवम् नेपाली कांग्रेसका नेता छब्बन खाँ लगायतले पार्टीमा स्वागत गर्नु भएको थियो ।

     

  • १९ माघ २०८२, सोमबार १३:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित