मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोहलपुरका सबै वडामा कांग्रेसको प्रचार कार्यालय स्थापना
  • मार्गरेखा संवाददाता

  •  

    कोहलपुर  माघ १९ । नेपाली कांग्रेसले बाँकेको क्षेत्र नम्बर १ अन्तरगत रहेको कोहलपुर नगरपालिकाका सबै (१५ वटै) वडामा प्रचार-प्रसार कार्यालय स्थापना गरेको छ ।

    कांग्रेसले सबै वडामा सोमबार बेलुकासम्म प्रचार-प्रसार कार्यालय स्थापना गरिसकेको प्रतिनिधि सभा निर्वाचन प्रचार-प्रसार मुल समिति क्षेत्र नम्बर १ बाँकेका सचिवालय संयोजक एवम क्षेत्रीय सचिव जयश्वर पौडेलले जानकारी दिए ।

    कोहलपुरका सबै वडामा उत्साहजनक रुपले प्रचार कार्यालय स्थापना भएको र कांग्रेस कार्यकर्ता तथा मतदाताहरुमा एक खालको उत्साह जागेको उनले बताए । संयोजक पौडेलका अनुसार कोहलपुर-८ मा प्रचार कार्यालय स्थापना भएपनि उद्घाटन गर्न भने बाँकी छ । उक्त वडामा २४ गते उद्घाटन गर्ने समय तय गरिएको छ । उक्त कार्यालयबाट पनि प्रचारका कामहरु चलिरहेको उनले बताए ।

    मंगलबारदेखि नरैनापुरका वडाहरुमा प्रचार-प्रसार कार्यालय स्थापना गर्ने तयारी रहेको छ । जस अनुसार नरैनापुर गाउँपालिका वडा नम्बर १ मा बिहान १० बजे, वडा नम्बर २ मा दिउँसो १ बजे र वडा नम्बर ३ मा दिउँसो ३ बजे प्रचार कार्यालय उद्घाटन गरिनेछ ।

    यसैगरी नरैनापुर- ४ मा २१ गते बुधबार बिहान १० बजे, वडा नम्बर ५ मा बुधबार दिउँसो १ बजे र वडा नम्बर ६ मा दिउँसो ३ बजे प्रचार कार्यालय उद्घाटन गरिनेछ । कांग्रेसले माघ २२ गते बिहीबार देखि राप्ती सोनारीका वडाहरुमा प्रचार कार्यालय उद्घाटन गरिनेछ । कांग्रेसले उक्त क्षेत्रमा नारायणप्रसाद गौडेललाई उम्मेदवार बनाएको छ, भने दिपनारायण वर्मा समानुपातिक उम्मेदवार छन ।

    यसैबीच सोमबार बेलुका बसेको सचिवालय बैठकले प्रचार कार्यालय स्थापना भएका वडाहरुमा सक्रिय रुपले आफ्ना उम्मेदवारको पक्षमा मत माग्ने र प्रचारको काम गर्ने लगायत विभिन्न निर्णय गरेको छ ।

  • १९ माघ २०८२, सोमबार १९:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित