मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नरैनापुरमा तीन वटा वडामा काँग्रेसको प्रचार कार्यालय स्थापना, १४ जना काँग्रेस प्रवेश
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज माघ २० ।   नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर १ अन्तर्गत रहेको नरैनापुर गाउँपालिकाका तीन वटा वडामा प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ । नेपाली काँग्रेस प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार मूल समिति क्षेत्र नम्बर १ बाँकेका अनुसार नरैनापुर गाउँपालिका वडा नं.१, २ र ३ मा मंगलबार प्रचारप्रसार कार्यालय स्थापना गरिएको हो। तीनवटै प्रचारप्रसार कार्यालयको उद्घाटन काँग्रेस बाँकेका सभापति तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायणप्रसाद गौडेलले गरेका हुन्। वडा नं. १ मा वडा सभापति नियाज अहमद अन्सारी, वडा नं.२ मा वडा सभापति अकवाल अहमद शेष र वडा नं.३ मा वडा सभापति सलाउद्दिन खाँको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
    कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य इसाक जोलाहले नरैनापुर काँग्रेसको विरासत बोकेको भूमि भएको उल्लेख गरे। लामो समयको प्रतीक्षापछि रुखमा भोट हाल्ने अवसर प्राप्त भएको भन्दै उनले यो अवसर खेर नफाल्न सबैलाई आग्रह गरे। प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका पार्टी सभापति गौडेलले नरैनापुर क्षेत्रका समस्याबारे आफू जानकार रहेको बताउँदै त्यसको समाधानका लागि नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाए। क्षेत्र नम्बर १ का सभापति पोषण केसीले सबै काँग्रेसजनलाई एकढिक्का भएर काँग्रेसको पक्षमा उभिन आग्रह गरे। उनले विगतका सबै तिक्तता बिर्सेर काँग्रेसको पक्षमा एकजुट हुनुपर्नेमा जोड दिए। काँग्रेसका जिल्ला सदस्य राजकुमार मौर्यले सादगी नेता गौडेल उम्मेदवार बनेसँगै कार्यकर्ता तथा मतदातामा काँग्रेसप्रति उत्साह जागेको बताए। पार्टी प्रवक्ता डिल्ली गिरीले सञ्चालन गरेको कार्यक्रममा समानुपातिकतर्फका उम्मेदवार दीप नारायण वर्मा, पार्टी उपसभापति कृष्ण कार्की, महासमिति सदस्य चिन्तामणि धिताल, गौरा भट्टराई, जानकी गाउँपालिकाका अध्यक्ष छव्बन खाँ, महाधिवेशन प्रतिनिधि संगीता सुवेदी, कृष्ण विक लगायतका नेताहरुको उपस्थिति रहेको थियो। बुधबार वडा नं. ४, ५ र ६ मा पनि प्रचारप्रसार कार्यालय स्थापना गरिने छ।यसैबीच नरैनापुर गाउँपालिका वडा नं.५ मा १४ जना काँग्रेसमा प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गर्दै उनीहरु नेपाली काँग्रेसमा प्रवेश गरेको काँग्रेस नेता युवराज मौर्यले जानकारी दिए ।

  • २० माघ २०८२, मंगलवार १८:५७ प्रकाशित
  • Nabintech
    सम्बन्धित