मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रतिस्पर्धीलाई दुख पर्दा साथदिदैं काग्रेस उम्मेदवार कोईराला
  • मार्गरेखा संवाददाता

  •  

    बिराटनगर माघ २९ । मोरङ निर्वाचन क्षेत्र नम्बर ६ का एमाले उम्मेदवार विनोद ढकाललाई पितृ शोक परेको छ । १०१ वर्षिय बुवा विष्णुप्रसाद ढकालको बिहीबार विहान निधन भएको खबरसंगै ढकाल परिवारमा समवेदना दिन नेपाली काग्रेसका उम्मेदवार डा शेखर कोईराला ढकाल निवास पुगेका थिए । शोकमा परेका ढकाल परिवारलाई सहानुभति र समवेदना दिदै स्तब्ध भएको बताएका थिए । काठमाडौ फर्कने तयारीमा रहेका कोइराला विहानै ढकाल निवास पुगेका थिए । नेत्तृत्वसंगै सामाजिक कार्यमा रूझ्दै आएका कोईराला आफ्नै प्रतिस्पर्धी समक्षमा परेको घटनामा सहानुभुति प्रकट गर्न पुग्नु भएको कांग्रेस महानगर समिति सभापति दिपक चापागाईले जानकारी दिए ।
    उनका अनुसार नेता कोईराला दुखसुख पर्दा सबैसमक्ष साथदिन सहभागि हुदै आएको बताए । उनका अनुसार नेता कोईराला काठमाडौ फर्कने र केहीदिनपछि निर्वाचन क्षेत्रमा फर्कने जानकारी दिए । ढकालको अन्तिम संस्कार आजै दिउँसो ३ बजे विराटनगरको परोपकार घाटमा गरिने पारिवारिक स्रोतले जनाएको छ।

  • २९ माघ २०८२, बिहीबार ११:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित