मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गौडेलले गरे आफ्नै वडाबाट घरदैलो
  • मार्गरेखा संवाददाता

  • काेहलपुर फागुन २   प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेल कोहलपुर नगरपालिका वडा नं.३ स्थित आफ्नै वडामा घरदैलो गरेका छन् । शनिवार विहान मदनचोकमा उनले घरदैलो गरे । स्थानीय नेता तथा कार्यकर्तासँगै गौडेल निस्किँदा स्थानीय बासिन्दा उत्साहित देखिन्थे । मदनचोकका गल्ली-गल्लीमा पुग्दा स्थानीयले गौडेललाई फुलमालाले स्वागत गरेका थिए । नेपाली काँग्रेस वडा कार्यसमितिको अगुवाइमा गरिएको घरदैलो कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको वडा सभापति गणेश थापाले जानकारी दिए ।
    “आफ्नै वडाको मान्छे उम्मेदवार भएर आएको देख्दा हामीलाई गर्व लागेको छ,” स्थानीयले एउटै स्वरमा भने । काँग्रेसजस्तो लामो राजनीतिक विरासत बोकेको दलबाट आफ्नै वडाबासी व्यक्ति उम्मेदवार बनेपछि स्थानीयमा छुट्टै उत्साह देखिएको थापा बताउँछन् । घरदैलोका क्रममा गौडेलले मतदातासँग प्रत्यक्ष कुराकानी गर्दै आफ्ना योजना र प्रतिबद्धताबारे जानकारी गराएका थिए । उनले स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तारलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन् । स्थानीय बासिन्दाले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य तथा युवाका रोजगारीजस्ता विषय उठाउँदै आफ्ना मागहरु राखेका थिए । गौडेलले ती मागलाई गम्भीरतापूर्वक सुन्दै समाधानका लागि आफू सधैँ तत्पर रहने बताएका थिए । उनले “जनतासँग प्रत्यक्ष भेटघाट गरेर समस्या बुझ्नु नै लोकतन्त्रको मूल भावना हो” भन्दै आफ्नो अभियान जनताको घरदैलोमै केन्द्रित रहने बताए ।

  • २ फाल्गुन २०८२, शनिबार ११:१२ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित