मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

गोपाल नीना फाउन्डेशन नेपालद्वारा क्षयरोग बिरामीलाई हाइजिन किट वितरण
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज,  चैत्र १०। विश्व क्षयरोग दिवसको अवसरमा आज नेपालगञ्जमा एक विशेष स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ। क्षयरोग (TB) विरुद्ध जनचेतना अभिवृद्धि गर्ने तथा बिरामीहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
    यसैबीच, गोपाल नीना फाउन्डेशन नेपालका तर्फबाट पब्लिक म्यानेजर दिलीप गिरी तथा पब्लिक रिलेसन अफिसर विजयेन्द्र जीसीको सहभागिता रहेको थियो। संस्थाले क्षयरोग अस्पताल, नेपालगञ्जका बिरामीहरूलाई स्वच्छता सामग्री (हाइजिन किट) वितरण गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरेको जनाएको छ।गोपाल नीना फाउन्डेशन नेपालले सामाजिक स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ।
    कार्यक्रममा क्षयरोग अस्पताल समितिका अध्यक्षका रूपमा लक्ष्मण रेग्मी तथा आयोजक प्रमुखका रूपमा कमल ढकाल को सक्रिय भूमिका रहेको थियो।
    त्यसैगरी, क्षयरोग अस्पतालबाट वरिष्ठ मेडिकल अधिकृत डा. सत्य कुमार शाहिद र स्वास्थ्य अधिकृत महेश कुमार पुरी को उपस्थिति रहेको थियो। उहाँहरूले क्षयरोगको समयमै पहिचान, नियमित औषधि सेवन तथा रोकथामका उपायहरूबारे महत्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो।
    कार्यक्रममा वक्ताहरूले “हो, हामी क्षयरोग अन्त्य गर्छौं” भन्ने राष्ट्रिय अभियानलाई सफल बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए। साथै, क्षयरोगमुक्त समाज निर्माणका लागि जनचेतना अभिवृद्धि, नियमित स्वास्थ्य परीक्षण तथा औषधि सेवनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको थियो।

  • १० चैत्र २०८२, मंगलवार १२:२८ प्रकाशित
  • Nabintech
    सम्बन्धित