मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पत्रकार महासंघ बाँकेकाे डुडुवा गाउपालिकाकाे  १० लाखकाे निमार्ण सभा हल  अध्यक्ष चौधरीद्वारा उद्घाटन
  • मार्गरेखा संवाददाता

  •  

    नेपालगञ्ज, चैत २६ । नेपाल पत्रकार महासंघ बाँके शाखामा डुडुवा सभा हल निर्माण गरिएको छ । डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा नवनिर्मित डुडुवा सभा हलको गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी (पप्पु) ले उद्घाटन गर्नुभयो । चौधरीले शिलालेख अनावरण एवम् रिबन काटेर सभा हलको उद्घाटन गर्नुभएको थियो । शाखाको नेपालगञ्ज ४ सञ्चारग्राम (बसपार्क) स्थित भवनको दोस्रो तलामा सभा हल निर्माण गरिएको हो । डुडुवा गाउँपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा सभा हल निर्माण गरिएको अध्यक्ष नवीन गिरीले बताउनुभयो । नेपालगञ्ज उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा साविक जिल्ला विकास समिति, नेपालगञ्ज उपमहानगरपालिका लगायतको सहयोगमा शाखाको भवन निर्माण गरिएको थियो ।

    नव बर्ष २०८३ को पूर्व सन्ध्यामा आयोजना गरिएको सभा हल उद्घाटन एवम् भित्तेपात्रो विमोचन कार्यक्रममा शुभकामना आदानप्रदान समेत गरिएको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष चौधरीले स्थानीय मिडियाको संरक्षण, प्रबद्र्धन र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो । लोकतन्त्रमा मिडिया वाचडगको रुपमा रहने भन्दै उहाँले मिडिया नै खास प्रतिपक्षको भूमिकामा रहनुपर्ने बताउनुभयो । अध्यक्ष चौधरीले आफू मिडियासंग सहकार्य र समन्वय गरेर अघि बढिरहेको बताउनुभयो । शाखा अध्यक्ष गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै विशिष्ट अतिथि पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईले सरकारले निजी मिडियालाई नियन्त्रण गर्न खोजेको आशंका ब्यक्त गर्नुभयो । सरकारको नीति विरुद्ध सबै पत्रकार गोलबद्ध हुनुपर्नेमा उहाँको जोड छ । शाखा अध्यक्ष गिरीले महासंघको अगुवाईमा डुडुवा गाउँपालिका, राप्तीसोनारी गाउँपालिका र बैजनाथ गाउँपालिकामा चालू आर्थिक बर्षभित्रै सञ्चार नीति निर्माणका लागि काम अघि बढेको बताउनुभयो । सभा हल निर्माणका लागि सहयोग गरेकोमा डुडुवा गाउँपालिकालाई धन्यवाद दिँदै गिरीले निरन्तर सहकार्यका लागि आग्रह समेत गर्नुभयो ।

    त्यसक्रममा महासंघ लुम्बिनी प्रदेश सचिव गोविन्द शर्मा, बाँके शाखाका पूर्व अध्यक्षहरु झलक गैरे, रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँके अध्यक्ष प्रियास्मृति ढकाल, समाजवादी प्रेस संगठन बाँकेका अध्यक्ष लोकनाथ शर्मा, अग्रज पत्रकार अछरी पोखरेलले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । यसैगरी अवधि पत्रकार संघ नेपालका केन्द्रिय अध्यक्ष राकेश कुमार मिश्र, प्रकाशन तथा प्रशारण समाजका केन्द्रिय सचिव आशिष कुमार गुप्ता, क्रियाशील पत्रकार महिला बाँकेका उपाध्यक्ष विमला चौधरी, थारु पत्रकार संघ बाँकेका अध्यक्ष जागेश्वर सिंह थारु, ठकुरी पत्रकार समाजका बाँकेका सचिव विजय मल्लले पनि शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । शाखा उपाध्यक्ष एवम् भित्तेपात्रो प्रकाशन समितिका संयोजक तिलक गाउँलेले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण ओलीले गर्नुभएको थियो ।

  • २६ चैत्र २०८२, बिहीबार २०:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित