नगरप्रमुख पूर्णप्रसाद आचार्यले वास्तविक सुकुमवासीको पहिचान गरी व्यवस्थित बसोबासको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “वास्तविक भूमिहीन र सुकुमवासी नागरिकलाई व्यवस्थित रूपमा बसोबासको वातावरण मिलाइने छ । सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने नीतिअनुसार नगरपालिका अघि बढिरहेको छ ।” नगरपालिकाका अनुसार क्रिकेट मैदान आसपासको क्षेत्र खाली गराइएपछि अधिकांश परिवार हाल विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन् भने केही परिवार आफन्त तथा भाडाका घरमा सरेका छन् । उक्त क्षेत्रमा रहेका १४८ घरटहरा शनिबार र आइतबार नगरपालिकाले डोजर प्रयोग गरी हटाएको थियो ।