मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

साढे पाँच किलाे चरेस सहित बाँकेमा एक जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज : सशस्त्र प्रहरीले नेपालगञ्जमा अवैध लागुऔषध अफिम र चरेस बरामद गरेको छ ।

    सशस्त्र प्रहरी बल ३० नं गणको सक्रियतामा सो गणमातहत रहेको बिओपी कालाबञ्जरबाट खटिएको सशस्त्र प्रहरी टोलीले नेपालगञ्ज उपमहानगरपालिका–१५, पिप्रहवा सीमा इलाकामा जाँच गर्ने क्रममा  पाँच ग्राम अफिम र साढे पाँच किलाे चरेस बरामद गरिएको सशस्त्र प्रहरी बल ३० नम्बर गण, बागेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर चन्दले जानकारी दिए ।

    उनका अनुसार करिब साढे पाँच किलोग्राम चरेस जस्तो देखिने पदार्थ देखिने कालो पदार्थ बरामद गरिएको हो । बाँके जिल्लाको सीमा सुरक्षालाई थप सुदृढ बनाउने अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल ३० नं गण बागेश्वरीकोे विशेष निगरानीमा ठुलो मात्रामा लागुऔषध बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक चन्दको भनाइ छ ।

    सीमा क्षेत्रमा चोरी–तस्करी, लागूऔषध ओसारपसार तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि विगत केही दिनदेखि विशेष सुरक्षा अभियान सञ्चालन हुँदै आएको थियो । सो लागुऔषधसहित पक्राउ परेका एक जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।

    सीमा सुरक्षालाई प्रभावकारी, प्रविधिमैत्री र परिणाममुखी बनाउन सशस्त्र प्रहरी बल नेपाल ३० नं गणले गणपति नेतृत्वमा विशेष सक्रियता देखाउँदै आएको छ ।

    पछिल्ला दिनमा चोरी–तस्करी नियन्त्रण, लागूऔषध बरामद तथा सीमा अपराध न्यूनीकरणमा हासिल भएका उपलब्धिले सङ्गठनको प्रतिबद्धता र कार्यकुशलता पुष्टि गरेको उनको विश्वास छ । बरामद गरिएको अफिम र चरेस सहितको व्यक्तिको विषयमा प्रहरीले थप अनुसन्धान गर्ने बताइएको छ ।

     

  • १० जेष्ठ २०८३, आईतवार १२:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित