मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै मुख्यमन्त्री शाह बिरूद्व हस्ताक्षर फिर्ता
  • मार्गरेखा संवाददाता

  • धनगढी जेठ १९ ।  सुदुरपश्चिम प्रदेश सभा सदस्य डम्मरी महराले  सरकार परिवर्तन र संसदीय दलको नेता परिवर्तनभन्दा कांग्रेसभित्रको एकता र बजेट निर्माण प्रमुख विषय भएको भन्दै आफ्नो हस्ताक्षर फिर्ता लिएको एक प्रेस बिज्ञप्ती प्रकाशित गरेर जानकारी गराएकि छन ।

    महराकाे  हस्ताक्षर  फिर्तासंगै सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको पद तत्कालका लागि जोगिएको छ ।

    अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ९ सांसदमध्ये डम्मरी महराले हस्ताक्षर फिर्ता लिएपछि तत्कालका लागि शाहको मुख्यमन्त्री पद जोगिएको हो ।

    शाहलाई दलको नेताबाट हटाउन नेपाली कांग्रेसका बहुमत सांसदले मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
    प्रदेश सभा सदस्य दिवानसिंह विष्ट समेतको नेतृत्वमा शाहलाई दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव संसदीय दलको कार्यालयमा दर्ता गरिएको थियो ।
  • १९ जेष्ठ २०८३, मंगलवार १७:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित