मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१ किलो २० ग्राम अफिमसहित दुई जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज  असार २७ । बाँकेको कोहलपुर नगरपालिका–२ स्थित पुष्पनगर पिपल चौताराबाट प्रहरीले लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ।
    जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार इलाका प्रहरी कार्यालय कोहलपुर र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
    पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१ निवासी ४८ वर्षीय गगन बहादुर दमाई (परियार) र बैजनाथ गाउँपालिका–३ निवासी २१ वर्षीय विशाल थापा मगर रहेका छन्।
    प्रहरीले उनीहरूको साथबाट शुद्ध तौल १ किलो २० ग्राम लागुऔषध अफिम जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
    घटनापछि पक्राउ परेका दुवै जनाविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

  • २७ जेष्ठ २०८३, बुधबार २१:३७ प्रकाशित
  • Nabintech
    सम्बन्धित