मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त बिष्ट द्वारा नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड प्रस्तुत
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असार १०  । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । नगर सभाको १९औं अधिवेशनमा नगर प्रमुख प्रशान्त विष्टले बजेट प्रस्तुत गरेका हुन् ।

    संघ र प्रदेशबाट प्राप्त सशर्त, समपूरक र विशेष अनुदान रकम रु. ७६ करोड ४८ लाख ५० हजारसहित उक्त आकारको बजेट प्रस्तुत गरिएको हो । प्रस्तुत बजेटमा आन्तरिक आयतर्फ २५ करोड अनुमान गरिएको छ भने घरजग्गा रजिष्ट्रेशनतर्फ १४ करोड अनुमान गरिएको छ । यस्तै चालूतर्फ ४२ करोड २५ लाख ५० हजार, वडा कार्यालयलाई २१ करोड, नगर स्तरीय तथा प्रवर्द्धनात्मकतर्फ १९ करोड ९० लाख, विषयगत शाखालाई ८ करोड ७६ लाख बजेट विनियोजन गरिएको छ ।

    बजेट अघि नगर प्रमुख विष्टले नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा कृषि तथा पशुपंक्षी, उद्योग, व्यापार तथा व्यवसाय, पर्यटन, भूमी व्यवस्था तथा सहकारी, श्रम, रोजगार तथा गरिवी निवारण, स्वास्थ्य तथा पोषण, आयुर्वेद तथा खानेपानी, शिक्षा, महिला, बालबालिका तथा सामाजिक समावेशीकरण, आवास, भवन तथा बस्ती विकास, भौतिक पूर्वाधार, यातायात, विद्युुत तथा स्वच्छ उर्जा, वन, वातावरण संरक्षण, फोहोरमैला तथा ढल व्यवस्थापन, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, सुशासन तथा सेवा प्रवाह, राजश्व तथा स्रोत परिचालन, तथ्यांक, योजना र विकास व्यवस्थापनलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले बताए

  • १० असार २०८३, बुधबार १४:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित