मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या एक सय प्रतिशत बद्विले ५१ पुगे
  • मार्गरेखा संवाददाता

  • बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलका अनुसार निकुञ्जमा सबैभन्दा पहिले २०१३ सालमा बाघको सङ्ख्या चार रहेकामा २०१८ सालमा बढेर २१ पुगेको थियो । प्रमुख संरक्षण अधिकृत कँडेलले बाघको आहार प्रजातिका लागि घाँसे मैदानको व्यवस्थापनका कारण बाघको सङ्ख्या बढेको बताए।

    उनले भने, ‘मानव वन्यजन्तु द्वन्द्वको विषयले ठूलो चुनौती थपिएको छ, तर यसको साझा प्रयासबाट निष्कर्षमा पुग्न सकिन्छ ।’ बाघबाट हुने क्षति कम गर्न र चोरी शिकारी नियन्त्रणका लागि सधै चनाखो रहेको उल्लेख गर्दै अधिकृत कँडेलले बाघको बासस्थान आसपासमा कृत्रिम पानी पोखरीको निर्माण गरिएको बताए।

    ‘हामीले चुरे पहाडबाट पनि पानी ल्याएका छौँ र केही सोलार प्रविधिबाट वन्यजन्तुका लागि कृत्रिम पानीपोखरीको व्यवस्थापन गरेका छौँ’, उनले भने । अधिकृत कँडेलले स्थानीय समुदाय, सरोकार भएका निकाय, सङ्घ, संस्थालगायतका निकायले गरेको साझा प्रयासबाट बाघको सङ्ख्या बढ्नमा मद्दत पुगेको उल्लेख गरे। बाँके र आसपासका वन क्षेत्रमा कम्प्लेक्स विभाजन गरी बाघको गणना गरिएको थियो।

    नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग किमि क्षेत्र समेटी नेपालको दशौँ राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो ।

    यस निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्वपश्चिम राजमार्ग रहेको छ। यस निकुञ्ज पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानको रूपमा रहेको छ । यहाँ जैविक विविधताको दृष्टिले आठ वटा इकोसिष्टम, १२४ वनस्पति प्रजाति, ३२ प्रजातिका स्तनधारी, ३०० भन्दा बढी प्रकारका चराको प्रजाति, ५८ प्रजातिका माछा, २२ सरीसृप तथा छ प्रकारका उभयचर पाइन्छन् ।

    यस क्षेत्रमा ११ प्रजातिका दुर्लभ तथा सङ्कटापन्न स्तनधारी र ५० प्रजातिका अन्तरराष्ट्रियस्तरमै दुर्लभ चरा रहेका छन् । बाँके, दाङ र सल्यान जिल्लाको ३४३ वर्ग किमि क्षेत्रलाई समेटेर निकुञ्जसँगै यहाँ मध्यवर्ती क्षेत्र पनि घोषणा गरिएको थियो ।

  • १३ श्रावण २०८३, बुधबार १८:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित