नेपालगन्ज साउन १६ । देशभर शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले बाँकेको नेपालगञ्जमा आज बिहान सद्भाव र्याली आयोजना गरिएको छ।
सुनसरी र सिराहाका घटनापछि समाजमा सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले र्याली आयोजना गरिएको हाे ।
जिल्ला प्रशासन कार्यालय बाँकेको संयोजनमा आयोजित र्यालीमा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, उद्योगी–व्यवसायी, धार्मिक अगुवा, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।











