काेहलपुर साउन १६ । बेटर बाँकेले द्वारा काेहलपुरमा शनिबार पछिल्लो समयको साम्प्रदायिक हिंसा तथा दंगामा ज्यान गुमाउने मृत आत्माहरूको सम्झनामा दीप प्रज्वलन तथा सद्भाव कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
हिंसाले होइन, सद्भावले देश बनाऔँ नाराका साथ गरिएकाे दिप प्रज्वलन नेपालकाे नक्सा बनाएर नक्सा माथी दिप प्रज्वलन गरिएकाे थियाे ।
कार्यक्रममा काेहलपुर क्षेत्रका युवाहरूकाे उल्लेखनीय सहभागी रहेकाे थियाे ।










