घाेराइ । दाङका विभिन्न सामुदायिक वन क्षेत्रमा लुकाई छिपाइ राखिएका ५५ नाल भरुवा बन्दुक बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इलाका प्रहरी कार्यालय र प्रहरी चौकीबाट खटिएका प्रहरी टोलीहरूले साउन १६ गतेदेखि १९ गतेसम्म बंगलाचुली गाउँपालिका र लमही नगरपालिका क्षेत्रका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा खोजतलास गरिएको थियो ।
खोजतलासका क्रममा बंगलाचुली गाउँपालिका–४, ५, ६, ७ र ८ का हिमाल लालीगुराँस, खारखोली, बंगलाचुली, लहरे, मौवालेख, ल्वाङे–भत्कुले, न्यु कालिका र नव चेतनशील सामुदायिक वन तथा राष्ट्रिय वन क्षेत्रबाट बेवारिसे अवस्थामा ४८ थान भरुवा बन्दुकका नाल बरामद गरिएको छ ।
यस्तै, लमही नगरपालिका –०९ तरुलिया स्थित विरह सामुदायिक वनबाट थप ७ नाल भरुवा बन्दुक बरामद गरिएको छ । साभार राताेपार्टिबाट










