मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

इट्टा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, साउन २० । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इट्टा भट्टामा पर्खाल भत्किँदा दुई जना मजदुरको मृत्यु भएको छ।

    जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार रज्जब अली साईको स्वामित्व रहेको न्यु किसान इट्टा भट्टामा बुधबार पर्खाल अचानक भत्किँदा त्यहाँ काम गरिरहेका दुई जना मजदुरको घटनास्थलमै मृत्यु भएको हो।

    प्रहरीका अनुसार मृतकहरूको पहिचान खुलाउने तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ। दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

    घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

  • २० श्रावण २०८३, बुधबार ११:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित