मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगञ्जका २५ अस्पतालमा ९४ वटा निःशुल्क शैया
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज उपमहानगरपालिकाले विपन्न, असहाय तथा बेवारिसे नागरिकका लागि नगरभित्रका २५ अस्पतालमा ९४ वटा निःशुल्क शैया ब्यवस्था गरेको छ । भदौ १ गतेदेखि प्रभावकारी रुपमा सेवा सञ्चालन गर्ने गरी आवश्यक तयारी पूरा गरिएको नेपालगञ्ज उपमहानगरपालिकाले  आज पत्रकार सम्मेलन गरेर जनाएको छ ।

    पत्रकार सम्मेलन   लक्षित बर्ग निःशुल्क उपचार संचालन तथा ब्यवस्थापन कार्यविधि २०८३ अनुसार उपमहानगरपालिका अन्तर्गत सञ्चालन भएका अस्पतालहरुमा सेवाका लागि सम्पर्क ब्यक्ति तोकी सम्पर्क नम्बर समेत उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर बमले बताए । शैयासंगै सम्पूर्ण उपचार पनि निःशुल्क हुने बमले जानकारी दिदै  उपमहानगरपालिकाले निःशुल्क शैयाको दैनिक उपलब्धता नागरिकले सहज रुपमा थाहा पाउने ब्यवस्था मिलाएको बमले जानकारी दिए । पत्रकार सम्मेलनमा नगर प्रमुख प्रशान्त विष्टले वास्तविक लक्षित बर्गले मात्र सेवा पाउने सुनिश्चितता गर्न र दुरुपयोग हुन नदिन कडाईका साथ अनुगमन गरिने बताए । उनले १० प्रतिशत निःशुल्क शैया सम्बन्धी ब्यवस्था कागजमा मात्र नभई ब्यवहारमै कार्यान्वयन गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।

    भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. नवीन दर्नालले स्थानीय तह (वडा कार्यालय) को आर्थिक रूपले विपन्न भएको सिफारिस पत्र वा नेपाल सरकारले जारी गरेको विपन्न परिचयपत्र अथवा आकस्मिक अवस्थामा तुरुन्त कागजात नभएमा स्वघोषणा फाराम भरेर पनि उपचार पाउन सकिने  बताए । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले सिफारिसमा हुन सक्ने दुरुपयोगका सम्बन्धमा सजग बन्नुपर्ने बताए ।

    प्रत्येक अस्पतालमा दैनिक रूपमा निःशुल्क शैयाको अवस्था अद्यावधिक गरी सेवाग्राहीलाई जानकारी उपलब्ध गराउने, निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्षमार्फत सहजीकरण गर्ने तथा सम्बन्धित फोकल पर्सनमार्फत सेवा प्रवाहलाई व्यवस्थित गर्ने उद्देश्यले अस्पतालहरुमा अनुगमन सुरु गरिएको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख जागेश्वर वस्नेतले बताए ।

    सेवा प्राप्त गर्न कठिनाइ भएमा वा अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध नगराएमा सम्बन्धित अस्पतालको फोकल पर्सन तथा उपमहानगरपालिकामा गुनासोका लागि नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तेज वलीलाई सिधै गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ । यस्तै थप जानकारी लिनु परे एआईको पैसा नलाग्ने ९७०२६९७७७२ नम्बरमा कल गर्न सक्ने पनि बताइएको छ ।

  • २८ श्रावण २०८३, बिहीबार १४:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित