मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

रक्तदान महाअभियानमा ८ हजार ६९४ पिन्ट रगत संकलन
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज । राजयोगिनी डा. दादी प्रकाशमणिज्यूको १९औँ पुण्यस्मृति तथा विश्व बन्धुत्व दिवसको अवसरमा ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालयकाे समाज सेवा प्रभाग, नेपाल (Social Service Wing) द्वारा आयोजित राष्ट्रियव्यापी रुपमा यहि भाद्र ५ देखि ९ गतेसम्म संचालन गरिएको “रक्तदान महाअभियान” अन्तर्गत नेपालका विभिन्न क्षेत्रीय कार्यालय तथा सेवा केन्द्रहरूबाट गरी ८ हजार ६९४ पिन्ट रगत संकलन गरिएको छ। गत वर्ष यस संस्थाबाट ११९१६ पिन्ट रगत संकलन भएको थियोे ।
    मानव सेवाको पवित्र भावनासहित सञ्चालन गरिएको उक्त अभियानमा देशका विभिन्न स्थानमा रहेका रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। अभियानले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेका बिरामीका लागि रगत उपलब्ध गराउने मानवीय कार्यमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।
    अभियानअन्तर्गत काठमाडौं क्षेत्रबाट सर्वाधिक ३ हजार १६४ पिन्ट रगत संकलन भएको छ। त्यसैगरी विराटनगरबाट १ हजार ८५३, जनकपुर क्षेत्रबाट ९९६, नारायणगढ क्षेत्रबाट ६५८, बुटवल क्षेत्रबाट ४३३, नेपालगञ्ज क्षेत्रबाट ४११, राजविराज क्षेत्रबाट २७६, पोखरा क्षेत्रबाट १९१, वीरगञ्ज क्षेत्रबाट १८५, हेटौंडा क्षेत्रबाट १५५, भैरहवा क्षेत्रबाट १५५, धनगढी क्षेत्रबाट १४४, दाङ क्षेत्र बाट ६० र पाल्पा क्षेत्रबाट १३ पिन्ट रगत संकलन भएको तथ्याङ्कमा उल्लेख छ।
    रक्तदान महाअभियानले भौगोलिक दूरी र क्षेत्रगत विविधताभन्दा माथि उठेर मानवता र विश्व बन्धुत्वको भावना विकास गर्न महत्वपूर्ण सन्देश दिएको आयोजकहरूको भनाइ छ। “ ज्ञान पान -याेग ध्यान -रक्तदान जीवनदान” भन्ने भावनालाई आत्मसात् गर्दै विभिन्न उमेर समूहका रक्तदाताहरू, विद्यार्थीहरु अभियानमा सहभागी भएका थिए।
    अभियानमा संस्थाकाे यस नेपालगंज क्षेत्र अन्तर्गत रहेका तपशील बमोजिमका विभिन्न शाखा उप शाखाहरुले रक्त संकलन गरेका थिए । भदौ ५ गते भेरीगंगा-१२, छिन्चु, सुर्खेतमा ४८ पिन्ट, भदौ ६ गते वीरेन्द्रनगर-६, सुर्खेतमा ५२ पिन्ट, बाँसगढी-६, बर्दियामा ७३ पिन्ट र अत्तरीया चाेक, गाेदावरी-१, कैलालीमा-३० पिन्ट, भदौ ७ गते बैजनाथ गा.पा.-६, सम्झना बजार, बाँकेमा- २१ पिन्ट, भदौ ८ गते क्षेत्रीय कार्यालय, नेपालगन्ज, बाँकेमा ८१ पिन्ट र राजापुर-४, बर्दियामा ४० पिन्ट र भदौ ९ गते काेहलपुर-२, बाँकेमा ४३ पिन्ट र बढैयाताल-6, मैनापाेखर, बर्दियामा २३ पिन्ट गरि कुल ४११ पिन्ट रगत संकलन भएको थियो ।
    राजयोगिनी डा. दादी प्रकाशमणिज्यूको पुण्यस्मृतिलाई मानव सेवासँग जोड्दै आयोजना गरिएको यस अभियानले आध्यात्मिक चेतना, विश्व बन्धुत्व तथा सामाजिक सेवाबीचको सम्बन्धलाई समेत उजागर गरेको छ।
    अभियान सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण रक्तदाता, स्वास्थ्यकर्मी, स्वयंसेवक, सहयोगी संस्था तथा सेवामा समर्पित व्यक्तिहरूप्रति आयोजकहरूले हार्दिक आभार व्यक्त गरेका छन्।
    कुल रक्त संकलन : ८,६९४ पिन्ट

  • १२ भाद्र २०८३, शुक्रबार २१:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित