मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल न्युज बैंकको प्रमुख सल्लाहकार सम्पादकमा धर्मेन्द्र झा
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ भदाै १८ । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा (धर्मेन्द्र विह्वल) समाचार एजेन्सी ‘नेपाल न्युज बैंक’मा आबद्ध भएका छन् । उनी प्रमुख सम्पादन सल्लाहकारका रूपमा एजेन्सीमा आबद्ध भएका हुन् ।

    राष्ट्रिय समाचार समिति (रासस) का निवर्तमान कर्यकारी अध्यक्ष र नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष झा करिब ४ दशकदेखि साहित्य, पत्रकारिता, सम्पादन र सामाजिक–सांस्कृतिक चेतना निर्माणमा निरन्तर योगदान दिँदै आइरहेका छन् ।

    अन्तर्राष्ट्रिय अभ्यास र संरचनाअनुसार सञ्चालित नेपाल न्युज बैंकमा हाल २०० भन्द बढी मिडिया आबद्ध छन् । नेपाल सरकारको एक मात्र समाचार एजेन्सी राससलाई आफ्नो कार्यकालमा नयाँ उचाइ दिन सफल झाले नेपाल न्युज बैंकलाई अन्तर्राष्ट्रिय अभ्यास र संरचनाअनुसार अझ प्रभावारी रुपमा सञ्चालन गर्न मार्गनिर्देश गर्ने नेपाल न्युज बैंक प्रालिले अपेक्षा गरेको छ ।

    अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) का लागि नेपालबाट पहिलो सल्लाहकारसमेत भइसकेका झाले सञ्चार क्षेत्रलाई लोकतन्त्र र समावेशिताको आधारस्तम्भ बनाउन अग्रणी भूमिका निर्वाह गर्दै आएका छन् । मैथिली भाषा साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्‍याएका झा आमसञ्चार एवम् पत्रकारिताका कुशल प्रशिक्षक र संवाद सहजकर्तासमेत हुन् ।

    सूचनाको हकका अभियन्ताका रूपमा विशिष्ट परिचय बनाएका झाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको हकहित र मधेस तथा समावेशी मुद्दा जोडदार रूपमा उठाउँदै आएका छन् । झाले काठमाडौँको मूलधारको पत्रकारिता र मधेसको वास्तविकताबीचको दुरी घटाउन सञ्चारमाध्यममार्फत ठुलो योगदान पुर्‍याउँदै आएका छन् ।

    मिडिया प्रविधि, राजनीतिशास्त्र र मैथिलीमा स्नातकोत्तर गरेका झाका मैथिली र नेपाली साहित्य, पत्रकारिता तथा अन्य विषयका गरी २ दर्जनभन्द बढी पुस्तक प्रकाशित छन् ।

    जनकपुरबाट २०४३ सालमा पत्रकारिता प्रारम्भ गरेका झाले यसअघि हिमालय टाइम्स,अन्नपूर्ण पोस्ट, हिमालय टेलिभिजन, कोसी अनलाइन, नयाँ पाइला अनलाइन, विकास टाइम्सजस्ता सञ्चार संस्थाको सम्पादकीय नेतृत्व सम्हालिसकेका छन् ।

  • १८ भाद्र २०८३, बिहीबार १६:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित