मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१४ ओै महाधिबेशनबाट निर्वाचित सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले पार्टी एकताको सन्देश दिँदै १५औँ महाधिवेशनमा सबै पक्षलाई स्वागत गर्ने निर्णय गरेको छ ।

    बैठकले १५औँ महाधिवेशनमा भाग लिन वा आयोजकका रूपमा सामेल हुन चाहने सबैलाई स्वागत गर्ने निर्णय गरेको हो । विशेष गरी देउवा पक्षका आउने जति केन्द्रीय सदस्यलाई केन्द्रीय सदस्यको हैसियतमै स्वागत गरी जिम्मेवारी दिने निर्णय गरिएको छ ।

    महाधिवेशनको औपचारिक उद्घाटन असोज १६ गते दिउँसो १ बजे काठमाडौंको टुँडिखेलस्थित खुलामञ्चमा भव्य रूपमा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    यसैगरी बाढी प्रभावित तीन जिल्ला रसुवा, नुवाकोट र धादिङको अधिवेशनसम्बन्धी समस्या समाधान गर्न ती जिल्लाका सभापति तथा पदाधिकारी, केन्द्रीय निर्वाचन समिति र पार्टी नेतृत्व बसेर छलफल गरी निकास निकाल्ने निर्णय गरिएको छ ।
    कार्यसम्पादन समितिको यो निर्णयले पार्टीभित्र देखिएको आन्तरिक विवाद समाधान गरी एकताबद्ध रूपमा महाधिवेशन अघि बढाउने प्रयास स्वरूप आएको बुझिएको छ ।
  • २८ भाद्र २०८३, आईतवार २१:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित