काठमाडौ असाेज २ । जनमत पार्टीको राष्ट्रिय अध्यक्षमा डा. सिके राउत निर्विरोध निर्वाचित भएका छन्। स्थापना कालदेखि नै पार्टीको नेतृत्व गर्दै आएका राउत पुनः अध्यक्षमा चयन भएका हुन्। पार्टीको दोस्रो महाधिवेशनअन्तर्गत बिहीबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेकोमा अध्यक्ष पदमा डा. राउतको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका प्रेस जनमत संघका अध्यक्ष अवधेश झाले जानकारी दिए। उनका अनुसार अध्यक्ष पदमा निर्विरोध भए पनि अन्य पदमा भने निर्वाचन हुने सम्भावना छ।
उम्मेदवारको प्रारम्भिक सूचीअनुसार सातजना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्ष पदमा वसन्तकुमार कुशवाहा (रौतहट), अनिता साह (धनुषा), अनिता मण्डल (सिराहा), डा. जयकान्त राउत (सप्तरी), नरेन्द्रप्रसाद चौधरी (कपिलवस्तु) र माधवप्रसाद सिंह (पर्सा)को उम्मेदवारी परेको छ।
त्यसैगरी राजकुमार यादव त्यागी (सिराहा), डा. कमरुल्लाह अन्सारी (बारा), सञ्जयकुमार मिश्र (रुपन्देही), मदनेशकुमार चौधरी (सप्तरी), परमेश्वर मुर्मू (मोरङ), रोसन खातुन (बारा), हरपालसिंह सोडी (बाँके) र मनोहरिदेवी बैठा (सर्लाही)ले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
जनमत पार्टी केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजेशकुमार मण्डलका अनुसार एकजना निर्वाचित हुने महासचिव पदमा ममता झा (सप्तरी), चन्दनकुमार सिंह (महोत्तरी) र सञ्जयकुमार यादव (सिराहा)को उम्मेदवारी परेको छ।
त्यस्तै, एकजना निर्वाचित हुने उपमहासचिव पदमा निर्मलकुमार मण्डल (सिराहा) र ललितचन्द्र मल्लिक (रौतहट)को उम्मेदवारी परेको छ। सातजना निर्वाचित हुने सचिव पदमा १० जनाको उम्मेदवारी परेको छ। सचिव पदमा सन्तोषकुमार सहनी (धनुषा), सुरेन्द्र शर्मा मधेशी (सप्तरी), हरेन्द्र चौधरी (रौतहट), अञ्जनीदेवी (महोत्तरी), रोहित महतो (सिराहा), पारसप्रसाद साह (बारा), राधाकुमारी यादव (बाँके), बालगोविन्द चौधरी (नवलपरासी), वीरेन्द्र महतो ‘जीवन त्यागी’ (महोत्तरी) र रामबाबु साह (बारा)ले उम्मेदवारी दिएका छन्।
कार्यकारिणी सदस्यमा पनि ठुलो संख्यामा उम्मेदवारी
पार्टीको कार्यकारिणी सदस्य पदमा विभिन्न जिल्लाबाट ठुलो संख्यामा उम्मेदवारी परेको छ। सप्तरीबाट थानेश्वरप्रसाद साह, शम्भुकुमार साह, महेशप्रसाद यादव, रामगमन साह, मञ्जुकुमारी चौधरी, उपेन्द्रप्रसाद साह, सञ्जीवनारायण यादव, सञ्जयकुमार यादव, देवनारायण साह, सुरतलाल साह, विशेश्वर रजक, प्रियंकाकुमारी सन्त, मुकेश मैरता र शिवनन्दन महतोले उम्मेदवारी दिएका छन्।
रौतहटबाट व्रजकिशोर राय यादव, रामलाल राय यादव, डा. रामशंकर ठाकुर, विजयप्रसाद पटेल र मो. असदुल्लाहले उम्मेदवारी दिएका छन्। सिराहाबाट गोपालप्रसाद यादव, अरविन्द सहनी, दुष्यन्तकुमार कर्ण, विनोदकुमार यादव, रञ्जितकुमार साह, जागेश्वर साह तेली, प्रदीपकुमार महतो र रामजुलुम साहको उम्मेदवारी परेको छ।
महोत्तरीबाट सन्तबहादुर साह, वीरेन्द्रकुमार मण्डल र कौशलेन्द्र गिरी तथा धनुषाबाट डा. सुरेन्द्रप्रसाद यादव, मो. साबिर राइन, अशोककुमार साह, ब्रह्मदेव महतो, सञ्जय प्रधान, रामपुकार यादव र सञ्जयकुमार ठाकुरले उम्मेदवारी दिएका छन्।
कार्यकारिणी सदस्य पदमा अमिरुल्लाह जोल्हा (नवलपरासी पश्चिम), विनोदकुमार चौधरी (कपिलवस्तु), श्यामसुन्दर साह (काठमाडौं), दीपिका यादव (बर्दिया), आशाकुमारी मेहता (सुनसरी), निलुकुमारी चौधरी, शिवचरण केवट, लक्ष्मी चौधरी र धीरजकुमार चौधरी (रुपन्देही)ले पनि उम्मेदवारी दर्ता गराएका छन्। बाराबाट सद्दाम अन्सारी, राजकुमार कुशवाहा, फिरोज अन्सारी, राजुप्रसाद साह, शिवनाथप्रसाद पटेल, सुरेशप्रसाद, विकासकुमार सिंह, सन्तोषप्रसाद पटेल, गाजानन्दप्रसाद यादव, राजेश साह र विजय गुप्ताको उम्मेदवारी परेको छ।
पर्साबाट राज गिरी, नाजमा खातुन, अनितादेवी रौनियार, मालती कुशवाहा, विनय यादव र सन्तोष साहले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्। त्यस्तै, निलम पासमान (रुपन्देही), वीरेन्द्रकुमार मण्डल (मोरङ) र अमृतलाल महतो (झापा)को पनि कार्यकारिणी सदस्य पदमा उम्मेदवारी परेको छ।सर्लाहीबाट श्रीचन राय यादव, सुबोधकुमार मण्डल, कलिम र सुनीलप्रसाद गुप्ता तथा बाँकेबाट विष्णुप्रसाद गुप्तालगायतले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिएका छन्। जनमत पार्टीको दोस्रो महाधिवेशन आगामी असोज ९ र १० गते वीरगन्जमा हुँदै छ।









