मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

१० वटा महाभारत लडेर आएको हुँ, यत्तिकै ढल्दिनँ–छाड्दिनँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
  • मार्गरेखा संवाददाता

  • केपी ओली मैदानमा छ, अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए, मैले त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्ने बताउदै महाभारतमा जटिल अवस्थामा भिष्मपितामह ढलेको प्रसङ्ग उल्लेख गर्दै ओलीले आफू त्यसरी ढल्ने अवस्थामा नरहेको बताए ।
    उनले आफू छ दशकदेखि एमालेमा रहेको उल्लेख गर्दै पार्टीमाथि सबैतिरबाट हमला भइरहेको र नयाँ पार्टी बन्ने हल्ला फैलाइएको बताए ।

    अध्यक्ष र महासचिवसमेत बाँडफाँट भएको भन्ने समाचारहरू झुटो भएको उनको दाबी थियो । ओलीले असोज ६ र ७ गते बस्ने केन्द्रीय समिति बैठकपछि पार्टी एकता र आगामी कामको संकल्पसहित बाहिरिने बताए ।

    ‘पार्टीको एकता र गर्नुपर्ने कामको संकल्पसहित असोज ६ र ७ गतेको केन्द्रीय समिति बैठकबाट बाहिर निस्कनेछौँ, सबै हल्लाहरू खण्डन हुनेछ’, उनले भने ।

    पार्टी फुटाउन चाहनेहरूको प्रयास सफल नहुने दाबी गर्दै ओलीले कुन्ती मुक्तानको गीतसमेत उल्लेख गरे । ‘एमाले आफ्नो बाटो हिँड्छ, खुट्टा तान्दै गर, म यत्तिकै यहाँ आइपुगेको होइन’, उनले भने ।

  • ३ आश्विन २०८३, शनिबार १०:५४ प्रकाशित
  • Nabintech
    सम्बन्धित