मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि शेष घलेबाट झन्डै ५८ करोड सहयोग
  • मार्गरेखा संवाददाता

  • काठमाडौ असाेज ३ ।   गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष तथा व्यवसायी डा शेष घले र उनकी पत्नी जमुना गुरुङको ‘एमआईटी ग्रुप फाउन्डेसन’ले भोटेकोसी बाढीबाट प्रभावित तथा अभिभावकविहीन बनेका बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

    बाढीबाट प्रभावित १८ वर्षमुनिका योग्य बालबालिकालाई कक्षा १२ सम्म अध्ययनका लागि एमआईटी ग्रुप फाउन्डेसनले राष्ट्रिय बाल अधिकार परिषद्‌सँग समझदारी (एमओयू) गरेको छ।

    यो सहयोगले प्रत्येक बालबालिकाको परिस्थितिका आधारमा शिक्षा, खाना, आवास, लत्ताकपडा, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक आवश्यकता पूरा गर्न मद्दत गर्नेछ’, शेष घलेले सामाजिक सञ्जालमार्फत भनेका छन्।

    भोटेकोसी बाढीको पानी घट्दैमा समस्याको अन्त्य नहुने उल्लेख गर्दै घलेले बाढीका कारण बेसहारा बनेका बालबालिका र तिनका परिवारले भोगेका पीडा र परिस्थितिबाट आफू र आफ्नी श्रीमती गहिरो रूपमा प्रभावित भएको बताएका छन्।

    ‘उनीहरूलाई यो कठिन समयमा मात्र नभई आगामी वर्षहरूमा पनि सहयोग गर्न पाउनुलाई हामी सौभाग्य ठान्छौँ; यस सहयोगले उनीहरूलाई अध्ययनमा निरन्तरता दिन, आधारभूत आवश्यकता पूरा गर्न र भविष्यप्रति आशावादी बनाउन मद्दत पुर्‍याउनेछ’, उनले भनेका छन्।

  • ३ आश्विन २०८३, शनिबार ११:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित