नेपालगन्ज असाेज ८ । नेपाली कांग्रेस खजुरा गाउँपालिका समिति बाँकेकाे सभापतिमा महेन्द्र मल्ल निर्वाचित हुनुभएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत बुधबार खजुरामा भएकाे पालिका अधिवेशनले मल्ललाई सभापतिमा निर्विरोध निर्वाचित गरेको छ । यस्तै गाउँ कार्यसमितिको पदाधिकारी सर्वसम्मत् चयन भएका छ ।
उपसभापति मनविर क्षेत्री ,उपसभापति मन्जु मल्ल ,सचिव वारिस खा सहित पुरा टिम निर्विरोध निर्वाचित हुनु भएका छन ।










