मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कालीगण्डकी नदीले पर्वतको जलजला गाउँपालिका–८ फर्से बस्तीका करिब ८० घर बगायाे
  • मार्गरेखा संवाददाता

  • कालीगण्डकी नदी आएको बाढी बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्से बस्तीमा करिब ८० घर बगाएको छ ।

    हिजो रातिदेखि बाढी बस्तीमा पस्न थालेपछि स्थानीय सुरक्षित स्थानतर्फ गएको प्रहरीले जनाएको छ । बाढीबाट मानवीय क्षति भए–नभएको भने यकिन हुन सकेको छैन । अन्य घरसमेत उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

    बाढीको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण, पर्वत र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

    उनीहरूको जिन्सी सामानसमेत सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

    विद्युत् सेवा अवरुद्ध हुनुका साथै फोन सम्पर्कमा समेत समस्या भएकाले क्षतिको यकिन विवरण संकलन हुन नसकेको डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

  • ११ आश्विन २०८३, आईतवार १२:५६ प्रकाशित
  • Nabintech
    सम्बन्धित