मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्ज नायकलाई कालपृष्ठ दैनिकको सम्मान
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज, ११ । नेपालगन्ज नायक–२०८३ बाट वरिष्ठ पत्रकार जे. पाण्डे, पर्यटनकर्मी श्रीराम सिग्देल र कालपृष्ठकर्मी दुर्गा प्रसाद पौडेल सम्मानित हुनु भएको छ । कालपृष्ठ दैनिकले आफनो २९औं वार्षिकोत्सवको अवसरमा उहाँहरुलाई सम्मान गरिएको हो । आ–आफनो क्षेत्रबाट समाजमा सकारात्मक परिवर्तनको लागि योगदान दिईरहेको व्यक्तिलाई कालपृष्ठ दैनिकले नेपालगन्ज नायकको रुपमा सम्मान गर्ने कार्यको सुरुआत गरेको छ ।

    आइतबार लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रत्न खत्री, कालपृष्ठ दैनिकका प्रकाशक एवम् सम्पादक कमल खत्री, लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफले, भेरी अस्पताल विकास समितिका पुर्व अध्यक्ष सकिल अहमद जसगढ, प्रतिष्ठित उद्योगी सन्जय अग्रवाल, , अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरीले तिनै जनालाई सम्मान गर्नु भएको थियो । सम्मानित हुनु भएका पाण्डेलाई पाँच हजार एक सय, सिग्देल र पौडेलाई समान चार हजार एक सय रुपैयाँ समेत प्रदान गरिएको थियो ।

    कार्यक्रममा नेपालगन्ज नायक–२०८३ अन्तर्गत कालपृष्ठ पत्रकारिता पुरस्कार–२०८३ बाट पत्रकार जे.पाण्डे, पर्यटन पुरस्कारबाट श्रीराम सिग्देल र उत्कृष्ट कर्मचारीको रुपमा दुर्गा प्रसाद पौडेल सम्मानित हुनु भएको हो । सम्मानित हुनु भएका पाण्डेले नेपालगन्जलाई कर्मो थलो बनाएर चार दशक देखि सक्रिय रुपमा पत्रकारिता गर्दै आउनु भएको छ भने सिग्देलले पर्यटन मार्फत पश्चिम नेपालको आर्थिक विकासमा योगदान गर्दै आउनु भएको छ । सम्मानित हुनु भएका पौडेलले कालपृष्ठ दैनिकको विगत ६ वर्ष देखि व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आउनु भएको छ । सम्मानित हुनु भएका तिनै जनाले पश्चिम नेपालको आर्थिक, सामाजिक विकासमा अतुलनीय योगदान गरेकोले सम्मानको हकदार हुनु भएको कालपृष्ठ दैनिकका प्रकाशक कमल खत्रीले बताउनु भयो ।
    कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रत्न खत्रीले कालपृष्ठ दैनिकले अप्ठयारो अवस्थामा पनि समाजमा सकारात्मक योगदान दिईरहनु भएका व्यक्तिलाई सम्मान गरेर समाजप्रति आफनो उत्तरदायित्व पुरा गरेको बताउनु भयो । उहाँले भन्नु भयो,‘कालपृष्ठ दैनिकले नेपालगन्जको पत्रकारिताको दायरा फराकिलो बनाएको छ । मैले कालपृष्ठबाटै धेरै पत्रकार चिनेको छु । उहाँहरुले गरेको योगदान देखेको छ । आज कालपृष्ठले आफनो जिम्मेवारीलाई अझ प्रभावकारी रुपमा अगाडी बढाइरहेको छ । त्यसको लागि म शुभकामना दिन चाहन्छु ।’ राज्यले पत्रकारिता क्षेत्रको विकासका लागि उत्तरदायि भएर भुमिका निर्वाह गर्नु पर्ने उहाँले बताउनु भयो ।

    लुम्बिनी प्रदेश सभा सदस्य काफलेले कालपृष्ठ दैनिकले नेपालगन्जको आर्थिक, शिक्षा, स्वास्थ्य, सहकारी क्षेत्रको विकासमा महत्वपुर्ण सहयोग गरेको बताउनु भयो । उहाँले कालपृष्ठ दैनिकले राज्यका निकायले गर्न नसकेको नयाँ प्रयासको पनि थालनी गरेको उहाँले बताउनु भयो ।
    कार्यक्रममा अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाही, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष चौलागाई, भेरी अस्पताल विकास समितिका पुर्व अध्यक्ष सकिल अहमद जसगढ, प्रतिष्ठित उद्योगी सन्जय अग्रवाल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँके अध्यक्ष नविन गिरी, वरिष्ठ पत्रकार नरेन्द्र जंग पिटर लगायतले कालपृष्ठ दैनिकको २९औं वार्षिकोत्सवको शुभकामना दिदैं पत्रकारितालाई व्यवसायिक र नागरिकमैत्री बनाउन कालपृष्ठ दैनिकलाई सुझाव दिनु भएको थियो ।
    कालपृष्ठ दैनिकका सह सम्पादक भिष्म लोधले पछिल्लो समय कालपृष्ठ दैनिकले आफुलाई डिजिटल क्षेत्रमा सशक्त बनाउँदै जनताका आवाजलाई आम नागरिक सम्म लग्ने काम गरिरहेको बताउनु भएको थियो ।

  • ११ आश्विन २०८३, आईतवार १९:४७ प्रकाशित
  • Nabintech
    सम्बन्धित