नेपालगन्ज असाेज १३ । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तरगत प्रतिनिधि सभा बाँके क्षेत्र नम्बर २ को सभापतिमा नरेन्द्र कुमार चौधरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी बीरेन्द्रबहादुर शाहलाई पराजित गरेर उनी निर्वाचित भएका हुन् । क्षेत्रीय कार्यसमिति पदाधिकारी चयनका लागि सोमबार मतदान गराइएको थियो । निर्वाचन परिणाम अनुसार क्षेत्रीय सचिवमा रमेश प्रसाद तिमिल्सेना निर्वाचित भए । यसै गरि बाँके क्षेत्र नम्बर २ प्रदेश ख मा प्रदिप कुमार शाह तेली बिजय भएका छन










