मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले पार्टीको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

    शाहीले पिछडिएको क्षेत्रका आवाज, अवसरबाट वञ्चित समुदायका सवाललाई पार्टीभित्र थप प्रभावकारी रूपमा उठाउँदै कांग्रेस संगठनलाई समावेशी, सुदृढ र गतिशील बनाउने उद्देश्यले आफूले उम्मेदवारी घोषणा गरेको बताएका छन्।

    उनले आफ्नो राजनीतिक यात्रा, संगठनप्रतिको निरन्तर योगदान, अनुभव र कार्यक्षमताको मूल्याङ्कन गर्दै आफूलाई सहमहामन्त्री (पिछडिएको क्षेत्र) पदमा मत दिएर विजयी गराउन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन्।

    ‘तपाईंको एक मत मेरो व्यक्तिगत जित मात्र होइन, पिछडिएको क्षेत्रको आवाज र सम्मानको प्रतिनिधित्व गर्ने अवसर पनि हुनेछ,’ शाहीले भनेका छन्।

  • १६ आश्विन २०८३, शुक्रबार १५:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित