मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक
  • मार्गरेखा संवाददाता

  • काठमाडौ असाेज १७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ ।

    एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले वक्तव्य जारी गर्दै सुनारलाई सार्वजनिक कार्यक्रममा रोक लगाएको हो ।

    रास्वापाका महामन्त्री विपिन आचार्यले विज्ञप्ति जारी गर्दै अनुसन्धान आयोगलाई तत्काल छानबिन गर्न निर्देशन दिइसकेको जानकारी गराएका छन् ।

    अनुसन्धान प्रक्रिया प्रभावित हुन नदिन छानबिनको अवधिभर सुनारलाई कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

    यस विषयको सत्यतथ्य अन्वेषण गर्न पार्टीको केन्द्रीय अनुशासन आयोगलाई तत्काल आन्तरिक छानबिन प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकिएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अनुसन्धान प्रक्रिया प्रभावित नहोस् र पदीय नैतिकता कायम रहोस् भन्नका खातिर, उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका लागि उहाँलाई सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइन्छ।’

  • २७ आश्विन २०८३, मंगलवार १०:२१ प्रकाशित
  • Nabintech
    सम्बन्धित