मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा हुने
  • मार्गरेखा संवाददाता

  • काठमाडौ कात्तिक ५ ।  नेपाल क्रिकेट संघ (क्यान) ले आगामी डिसेम्बर ४ देखि २१ सम्म काठमाडौँमा आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता आयोजना गर्ने भएको छ।

    क्यानका सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार उक्त प्रतियोगितामा पुरुष क्रिकेट विश्वकप लिग २ मा अन्तिम स्थानमा रहने चार टोली तथा च्यालेन्ज लिग  ए र बीका शीर्ष स्थान हासिल गर्ने दुई-दुई टोली गरी कुल आठ टोलीको सहभागिता रहनेछ।

    यस प्रतियोगितामा शीर्ष चार स्थान हासिल गर्ने टोलीहरू सन् २०२७ मा दक्षिण अफ्रिका र नामिबियामा आयोजना हुने ५० ओभरको आईसीसी पुरुष क्रिकेट विश्वकप छनोटका लागि छानिनेछन्।

    यसैबिच क्यानले नेपाल र भारत ‘ए’बिचको शृंखलाको निर्धारित मिति परिवर्तन हुनेबारे पनि जानकारी गराएको छ।

    आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने भएकाले डिसेम्बर ९, ११ र १३ मा नेपाल र इन्डिया एबिच हुने भनिएको क्रिकेट शृंखलाको नयाँ तालिका भारतीय क्रिकेट नियन्त्रण बोर्ड र नेपाल क्रिकेट संघबिचको आपसी समन्वय तथा सहमतिमा तय गरी सार्वजनिक गरिने जनाइएको छ।

  • ५ कार्तिक २०८३, बिहीबार ११:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित